तेक्वान्दो टोलीको वैदेशिक प्रशिक्षण थाइल्याण्डमा हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको थप तयारी गर्न तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्याण्ड प्रस्थान गरेको छ । नौ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि) रहनुभएको छ । महिलामा अञ्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) रहनुभएको छ । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहनुभएको छ । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कनेछ ।

हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षणपश्चात् स्वदेश फर्किसकेको प्रशिक्षक लिम्बूले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?