‘तीजै आयो’ भन्दै हरि उप्रेति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतिको तीज गीत ‘तीजै आयो’ सार्वजनिक भएको छ । तृप्ति खडका र विजय गुरुङको स्वर तृप्तिको संगीत, गोविन्द मधुर आचार्यको एरेञ्ज र साजन साहको मिक्सिङ/माष्टरिङ रहेको गीतको लिकिरल भिडियो सार्वजनिक भएको हो । सारेगम स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो हरि उप्रेतिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । उहाँको गजलसंग्रह ‘गुनासो’ पनि पाठकमाझ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?