हिन्दी गीतमा दीपक शर्माको संगीत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अहिले ‘दर्शन सलाम’ गीतले श्रोता/दर्शकमाझ चर्चा पाइरहेको छ । यही गीतका संगीतकार दीपक शर्माको संगीतमा र सरोज ओलीको शब्दमा रहेको गीत ‘तिम्रा माताजीलाई नमस्ते’ नामक गीत भारतीय चर्चित गायक नकास अजिज र चर्चित गायिका भूमि त्रिवेदीको आवाजमा रेकर्डिङ सम्पन्न भएको छ ।

भारतकै अर्का चर्चित एरेन्जर सौरभ लोखण्डेको एरेञ्जमा भारतकै बम्बै स्थित स्टुडियो कैलाशामा रेकर्डिङ भएको गीत लगानिको हिसाबले पनि निक्कै महँगो लगानी परेको संगीतकार शर्माले बताउनुभयो । नेपालमा उक्त गीत सार्वजनिक भएलगत्तै हिन्दी भाषामा पनि उनै गायकगायिकालाई लिएर रेकर्डिङ गरेर भारतबाट सार्वजनिक गर्ने सहमति गायक गायिकासँग भइसकेको जानकारी दिँदै संगीतकार शर्माले भन्नुभयो, ‘म यताको व्यस्तताको कारण बम्बै जान सकिन जुमलाइभमा बसेर उहाँहरूलाई उता सिकाउँदै रेकर्डिङ सम्पन्न गरिएको छ अब चाँडै भिडियोको तयारी हुँदै छ ।’

उक्त गीतका लागि अहिले सोही गीतमा गीतकार सरोज ओली र प्रियन्का कार्कीले अभिनय गर्ने हुनुभएको छ । उहाँहरू अहिले नृत्यनिर्देशक गम्भीर विष्टसँग नृत्य सिकिरहेको दीपकले जानकारी दिनुभयो । डान्सिङ शैलिमा रहेको यो गीतलाई लिएर आफू निकै आशावादी रहेको संगीतकार शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?