टाटा पार्ट्स खरिदमा बिनाधितो कर्जा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्स प्रालि र नबिल बैंकबीच वित्तीय सुविधाका लागि सहकार्य भएको छ ।

सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्ट्सका खुद्रा बिक्रेतालाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?