एसियाडमा नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीले १९औँ एसियाली खेलकुदमा समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । यसअघिको खेलतालिका परिमार्जित भएपछि नेपालले नयाँ प्रतिद्वन्द्वी पाएको हो । यसअघि नेपालले जापान र कम्बोडियासँग समूह चरणमा खेल्ने तालिका थियो । नेपालको समूहसमेत परिवर्तन भएको छ । यसअघि नेपाल समूह ‘बी’ मा रहेकोमा अब भने नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपाल, मंगोलिया र माल्दिभ्स छन् । यसअघि समूह ‘ए’ मा रहेको अफगानिस्तानले भने एसियाली खेलकुद नखेल्ने जनाएपछि खेलतालिका हेरफेर भएको हो ।

समूह ‘बी’ मा जापान, कम्बोडिया र हङकङ छन् । समूह ‘सी’ मा सिंगापुर, थाइल्याण्ड र मलेसिया छन् । टेस्ट राष्ट्रहरूलाई भने क्वाटरफाइनलमा सिधै स्थान दिइएको छ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानका लागि ७ अक्टोबरमा हुनेछ ।

खेल टी-२० शैलीमा हुनेछ । नेपाल टी-२० आई वरीयतामा १७औँ स्थानमा छ । माल्दिभ्स ८०औँ स्थानमा छ । नेपालले आफूभन्दा निकै कमजोर टोली माल्दिभ्स र मंगोलियामाथि सहज जित हात पार्ने लक्ष्य राखेको छ ।

नेपालले यसअघि नै रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?