एमटिभी म्युजिक भिडियो अवार्डमा टेलर स्विफ्टको वचश्र्व

Read Time = 2 mins

एजेन्सी । यस वर्षको एमटिभी म्युजिक भिडियो अवार्डमा गायिका टेलर स्विफ्टको वचश्र्व देखिएको छ । ठूला विधामा कब्जा जमाउँदै उहाँले विश्व संगीतको प्रतिष्ठित अवार्ड चुम्न सफल हुनुभएको छ । स्विफ्टको ‘एन्टीहिरो’ गीतले भिडियो अफ द इयर, आर्टिष्ट अफ द इयर, सङ अफ द इयर, वेष्ट पप, वेष्ट डिरेक्सन, भिजुअल इफेक्ट, सो अफ द समर विधा जित्दै इतिहास रच्न सफल भएको छ ।

साथै वेष्ट सिनेम्याटोग्राफी, ‘मिडनाइट’बाट एल्बम अफ द इयरमा पनि स्विफ्टले नै चुम्नुभएको छ । उहाँ यसवर्ष ११ वटा विधामै मनोनित हुनुभएको थियो ।

अवार्ड समारोहमा ‘सुपर फ्रिकी गर्ल’बाट निकी मिनाजले बेस्ट हिपहप विधामा ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । उत्कृष्ट एफ्रो–बिट्स विधामा रेमा र सेलेना गोमेजले पछिल्लो चर्चित गीत ‘काम डाउन’बाट अवार्ड प्राप्त गर्नुभयो । यस्तै ‘पिंक भेनम’बाट के–पप ब्याण्ड ब्ल्याक पिंकले कोरियोग्राफी विधा जित्दा यही ब्याण्डको पोल्टामा ‘ग्रुप अफ द इयर’ पनि पुग्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?