‘बालेनको सहर’ मा डसविन अभाव, कुरुप बन्दै माइतीघर (तस्वीरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
Read Time = 4 mins

काठमाडौं । माईतीघर मण्डलाको अर्को नाम आन्दोलन घर भन्दा फरक नपर्ला । दैनिकजसो हुने विभिन्न माग राखी गरिएका आन्दोलनका कारण यो एरिया कुरुप बन्दै गइरहेको छ ।

हरेक दिनको आन्दोलनको भिडको प्रतिफल त्यहाँ फोहरको थुप्रो लाग्न थालेको छ । प्लास्टिकका बोतल र अन्य खानेकुराका खोल सँगै फोहरहरु दिन दिनै बढ्न थालेको छ ।

यो क्षेत्रमा डस्विनको ब्यवस्था नभएकोले फोहोरलाई उचित ब्यबस्थापन गर्ने स्थानको अभाब देखिन्छ । फलस्वरूप आन्दोलनकर्मि र अन्य बटुवाद्वारा फालिएका विभिन्न सामग्रीहरुले शहरको सौन्दर्यतालाई कुरुप बनाउँदै लगेको छ । यहाँ मात्रै होइन 'बालेनको सहर' मा डसविन अभाव खड्किरहन्छ ।

आन्दोलन भइरहने क्षेत्रमा मात्र नभएर सहरै भरी प्रयाप्त मात्रामा डस्विनको ब्यबस्था गरि शहर सुन्दर बनाउनु पर्ने देखिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?