पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गयो

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । पहिराेमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ निवासी शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा प्युठानकाे गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीकाे ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर्तीको घटनास्थलमै ज्यान गएको हो । पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानकाे गाैमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयाे ।

शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।  पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?