मनाङ भ्याली वाइन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मनाङका स्थानीय किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन बजारमा आएको छ । कम्पनीले कलाकार स्वस्तिमा खड्कालगायतको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरेको हो ।

हालसम्म काठमाडौं उपत्यकामा मात्र सार्वजनिक हुने गरेकोमा मनाङ बेभरेजले भने ३५ सय मिटरको उचाइमा रहेको साब्जे लेकबाट नयाँ वाइन सार्वजनिक गरेको हो । सो अवसरमा मनाङ बेभरेजका डाइरेक्टर आश्रय रञ्जितकारले भन्नुभयो, ‘हिमालयको शुद्धता र मौलिकपनबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ ।

स्थानीयस्तरमा उत्पादित स्याउबाट अत्यधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरूमाझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’ मनाङ भ्याली वाइन हृवाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?