ॐ हस्पिटलमा माछापुच्छ्रेलाई विशेष छुट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । हस्पिटलमा आयोजित एक कार्यक्रमबीच अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रेका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा अस्पतालका सेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । माछापुच्छ्रे बैंकतर्फबाट चिफ बिजनेस अफिसर विनितचन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी, बागमती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चाबहिल शाखा प्रबन्धक निरज सिग्देलको उपस्थिति थियो ।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग सेवा, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापीमा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?