बास्केटबलमा बुढानिलकण्ठ विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबिएल)मा बिहीबार भएको एकमात्र खेलमा बूढानीलकण्ठ विजयी भएको छ । दोस्रो खेल जित्ने क्रममा बूढानीलकण्ठले हाउन्ड्स एकेडेमीलाई ७६-७३ ले हराएको छ ।

पहिलो क्वार्टर ९२२-१९० बाट अग्रता लिएको बूढानीलकण्ठले त्यसलाई खेलको अन्त्यसम्म कायम राखेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा हाउन्ड्सले २५ स्कोर गरेपनि हार टार्न सकेन ।

अन्तिम क्वार्टरमा बूढानीलकण्ठले १५ स्कोरमात्र गर्न सकेको थियो । दोस्रोे क्वार्टरमा ४०-३१ ले अगाडि रहेको बूढानीलकण्ठले तेस्रो क्वार्टरको अन्त्यमा ६१-४८ को अग्रता कायम राखेको थियो । १२ स्कोर गरेका बूढानीलकण्ठका प्रसिद्ध मगर खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो । लिगको ३ चरणको खेलको समाप्तीमा शीर्षस्थानाको रोयल स्पोर्टस सेन्टर र दोस्रो स्थानको टाइम्स क्लबको समान ६ अंक छ । तेस्रो स्थानमा रहेको बूढानीलकण्ठ र त्रिभुवन आर्मी क्लबको समान ५ अंक छ ।

गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको समान ४ अंक छ । त्यस्तै विशाल मिलन केन्द्र र हाउन्ड्स एकेडेमीको समान ३ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?