मुक्तिनाथलाई सुमेरु अस्पतालमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालका विभिन्न सेवा ओपिडी, आइपिडी र फार्मेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहित गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटकर्वमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?