काठमाडौं । सूर्य नेपाल प्रालिले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री सुरु गरेको छ । उच्चकोटिका सामग्रीको समिश्रणमार्फत् तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको अतुलनीय स्वादले कुकिज पारखीको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले सनफिस्ट डार्क फ्यान्टासीको ब्राण्ड एम्बेसडर अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरेको छ । दुईथरी प्याकमा उपलब्ध कुकिज एउटा ७५ ग्रामको आकर्षक प्याकेटभित्र छ भिन्दाभिन्दै पाउचको मूल्य ९० रुपैयाँ रहेको छ भने तीन सय ग्रामको प्याकेटभित्र २४ छुट्टाछुट्टै पाउचको मूल्य तीन सय ५० रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच