काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो ।
मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएकाे हाे ।
ओली निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच