काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबुटले दुई गोल गर्नुभयो भने खलिफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थप्नुभयो ।
खेल अवधिभर नै युएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बूलाई गुमाएपछि उहाँको स्थानमा आउनुभएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८औं मिनेटमा मैदान प्रवेश गर्नुभएका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिनुभएको थियो । उहाँको स्थानमा योगेश गुरुङले अवसर पाउनुभएको थियो ।
दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केही अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रहृयो । १०औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाउनुभयो । ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो । युएईका कीर्तिमानी गोलकर्ता अलि मखबुटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
४४औं मिनेटमा मखबुटले अर्को गोल थप्नुभयो । जाएद अल-जाबिको हेडर पासमा मखबुटले हेडरमार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गर्नुभयो । बेखिटको पासमा उनले सहजै फिनिश गर्नुभएको थियो । दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबुटको प्रहार रोहित चन्दले ब्लक गर्नुभयो । ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाउनुभयो ।
खेलमा तीन खेलाडीले डेब्यु गर्नुभएको थियो । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गर्नुभएको थियो भने रक्षकद्वय योगेश गुरुङ र अञ्जन राईले बेञ्चबाट मैदान प्रवेश गर्नुभयो । नेपालले छनोटको दोस्रो खेलमा यमनविरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच