नेपाली लेखक सङ्घ प्रजातान्त्रिक विचार राख्ने लेखक साहित्यकारहरूको संस्था हो । राणा शासनको अन्त्यको लगत्तै केही जागरुक लेखक साहित्यकारहरूबाट स्थापना भएको हो नेपाली लेखक सङ्घ । यस संस्थामा मूर्धन्य साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल, विजय मल्ललगायतको संलग्नता थियो । तर, प्रजातन्त्रमाथिको प्रतिबन्धपछि यो संस्था निकै लामो समयसम्म अस्तित्वमा रहेन । २०४६ सालको प्रजातन्त्रपछि हरेक क्षेत्रमा स्वतन्त्रता प्राप्त भयो र त्यसको अभ्यास र उपयोग पनि हुन थाल्यो । यहीमध्ये नेपाली लेखक सङ्घको पुनःस्थापना पनि एक हो ।
प्रजातन्त्रमा आस्था राख्ने लेखक साहित्यकारहरूले यसलाई पुनः सञ्चालनमा ल्याउनुभयो । सदस्यहरू बढ्दै गएपछि यसका सम्मेलन र अधिवेशन भए । सबैभन्दा पछिल्लो अधिवेशन पोखरामा भएको थियो । त्यसबाट निर्वाचनका माध्यबाट नयाँ कार्यसमिति चयन भयो । हाल यसका जिल्ला सम्मेलनहरू पनि भइरहेका छन् र केही जिल्लामा जिल्ला कार्य समितिसमेत बनिसकेका छन् ।
एक सय पृष्ठको यस पत्रिकाको सम्पादकीयमा ‘नेपाली लेखक सङ्घ लेखकीय स्वतन्त्रता, सिर्जनशीलता तथा सार्वभौम चिन्तनशीलताका पक्षमा लामो समयदेखि गतिशील रहँदै आएको सुदृढ वाङ्मयिक संस्था हो’ भनिएको छ । यसबाटै यसको उद्देश्य र अभिप्राय प्रष्ट हुन आउँछ ।
नयाँ कार्य समितिले नेपाली लेखक सङ्घले केही गर्नुपर्छ भन्ने अभिप्रायका साथ ‘लेखक’ शीर्षकमा एउटा पत्रिका प्रकाशन गर्न सुरु गरेको छ र यसको पूर्णाङ्क ६, २०७९ साल चैतमा प्रकाशित भएको छ । डिएमआई साइजको यस पत्रिकाको संरक्षक नेपाली लेखक संघको अध्यक्ष तीर्थ श्रेष्ठ रहनुभएको छ भने प्रधानसम्पादक डा.शैलेन्दुप्रकाश नेपाल रहनुभएको छ । यसका सम्पादकहरूमा सन्ध्या पहाडी, डा.नारायण चालिसे, डा.विष्णुकुमार खत्री (विष्णु केसी.), केशव सिग्देल, दीपक ढकाल र अनुपमा रेग्मी रहनुभएको छ । सम्पादन सहयोगीमा मनोज न्यौपाने रहनुभएको छ र प्रकाशक नेपाली लेखक सङ्घ रहेको छ ।
एक सय पृष्ठको यस पत्रिकाको सम्पादकीयमा ‘नेपाली लेखक सङ्घ लेखकीय स्वतन्त्रता, सिर्जनशीलता तथा सार्वभौम चिन्तनशीलताका पक्षमा लामो समयदेखि गतिशील रहँदै आएको सुदृढ वाङ्मयिक संस्था हो’ भनिएको छ । यसबाटै यसको उद्देश्य र अभिप्राय प्रष्ट हुन आउँछ । लेखक साहित्यकारहरूले लेखकीय स्वतन्त्रता राणा शासन कालदेखि नै खोज्दै आएका थिए । मकै पर्व, पुस्तकालय पर्वदेखिको उक्त प्रयास प्रजातन्त्रपछि मूर्त बन्न पुगेको थियो ।
हालका दिनमा त यसले राम्ररी फष्टाउने मौका पाएको छ । त्यसैको परिणामको एउटा दस्तावेज हो यो । यसमा नेपाली लेखक सङ्का सल्लाहकार र केन्द्रीय समितिकको नाम दिइएको छ र विषयसूचीमा जनाइए अनुसार विभिन्न १० जना लेखकका लेख तथा नौजना साहित्यकारहरूका कविता, गीत तथा गजलहरू प्रस्तुत भएका छन् । यसमा प्रा.डा.कुमारप्रसाद कोइराला, गोकुल अधिकारी, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.ज्ञानु पाण्डे, डा.तुलसी भट्टराई, डा.नारायण चालिसे, प्रा.पुरुषोत्तम दाहाल, डा.रत्नमणि नेपाल, विसुकुमार केसी र हरि अधिकारीका लेखहरू रहेका छन् ।
त्यसैगरी अनुपमा रेग्मी, तीर्थ श्रेष्ठ र भगवती खनाल ‘सुनाखरी’ का गजल, राजेन्द्र गुरागाईको गीत तथा मनोजादित्य न्यौपाने, राधिका गुरागाई, डा.विष्णु केसी, डा. विष्णुविभु घिमिरे र सोझो गाउँलेका कविताहरू रहेका छन् । यस पत्रिकामा समावेश लेखहरू नेपाली लेखक संघलाई चिनाउने खालका छन् । स्तरीय छपाइ र अशुद्धिहरू कमै पाइने यस पत्रिको आवरण र पृष्ठआवरण दुवै सुन्दर तथा अर्थपूर्ण छन् । यस कारण नेपाली लेखक सङ्घ धन्यवादको पात्र बन्नपुगेको छ । यसका लागि सङ्घलाई धेरै-धेरै बधाई तथा सफलताको शुभकामना । यसैगरी यसको निरन्तरताका लागि समेत नेपाली लेखक सङ्घलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच