देउसी भैलो खेलेको रकमले रामदेव विद्यालयलाई पुस्ताकालय सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । काठमाडौंमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यो वर्षको तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट गाउँमा रहेको रामदेब माध्यामिक विद्यालयलाई पुस्तकलय सहयोग गरेका छन् । ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौंमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रु ५५ हजार बराबरको विभिन्न सामान्य दान, कथा, निबन्ध, साहित्य, गजल, लगायतका पुस्तक खरिद गरी रामदेब माध्यमिक विद्यालयलाई सहयोग गर्ने भएका छन् ।

काठमाडौं स्थित ठेहे गाउँबाट अध्ययनको शिलशिलामा गएका विद्यार्थीले देउसी भैलो कार्यक्रममा आर्थिक संकलन गरी विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म लक्षित गर्दै विभिन्न प्रकारका पुस्तक किन्ने तयारी भएको ठेहे उदयमान युवा क्लबका अध्यक्ष हिक्मत भण्डारीले बताउनुभयो ।
विद्यालयलाई पुस्तकलयको लागि रु ५५ हजारको आर्थिक दिने निणर्य भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो, ‘ठेहे उदयामान क्लबमा आवद्ध सदस्यहरुले सानोमा उक्त विद्यालयमा अध्ययन गरेर अहिले उच्च शिक्षाका लागि काठमाण्डौँ शहरमा केन्द्रीत भएपनि विद्यालयमा पछिल्ला पुस्तामा अध्यायन गर्ने विद्यार्थीलाई थोरै भएपनि सहयोग पुगोस् भनेर पुस्तकलयका लागि सहयोग गरिएको हो ।’

देउसी भैलो खेलेर संकलीत रकम मार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । यस पटक पनि ठेहेका विद्यार्थीहरुले देउसी भैलो खेलेर संकलित रकम शैक्षिक कार्यमा लगाएका छन् । यस्तै विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई पठनपाठनमा सहयोग पु¥याउनका लागि पुस्तकलयमा सहयोग गरेको भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?