
नेपालमा सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी बुहानबाट फैलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’ (कोभिड-१९) ले बिस्तारै विश्वभरि नै महामारीको रूप लिएपछिको अवस्थाले देखाएको छ । हो, सन् २०१९ को डिसेम्बर अन्तिमतामा चीनबाट फैलन सुरु भएको कोरोनाले बिस्तारै विश्वभरि नै महामारीको रूप लिएपछि विश्वभरिका प्रायः सबै देशले आ-आप्mनो देशमा आउने यात्रीहरूलाई यात्रा गर्नमा प्रतिबन्ध नै लगाउन सुरु गर्यो । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रूपमा ठूलो मार खेप्नु पर्यो । त्यसबेला एक प्रकारले विश्वभरि नै मुर्दा शान्ति छाएको अवस्था थियो ।
त्यस समयमा हामीलाई अब के-कसो हुने हो ? भनी केवल ‘निराश !’ बनाएको र चिन्तित तुल्याएको स्थिति थियो । हुन पनि हिजोसम्म जुन समय र परिस्थिति हाम्रो जीवनमा निराशाको समय रहेको थियो, चिन्तित तुल्याएको अवस्था थियो, आज आएर त्यही समय र परिस्थिति हाम्रो जीवनमा फेरि पनि उत्साह, उमंग, जोश, जाँगर आदिले भरिपूर्ण भएर आएको अवस्था छ ।
संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन डब्लुटिओ)’ ले त्यस बेला कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि विश्वका अरूको नियन्त्रणमा रहेका टापू देशसमेत २१७ साना-ठूला देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएका थिए ।
वास्तवमा कोरोनालाई केही देशका सरकार प्रमुख जस्तै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायतले कोरोना महामारीलाई अति नै हलुका रूपमा लिएका थिए । त्यसो भए तापनि कोरोना महामारीले आफ्नो पूर्ण शक्तिसहित विश्वभरि व्यापक रूपमा फैलने क्रम बढाएपछि विश्वभरिकै पर्यटकीय गन्तव्य बन्द भए । हुन पनि विभिन्न समयमा विश्वमा आएका ठूला महामारी रोगहरूको इतिहास हेर्दा त्यसअघिका महामारीमा यसरी यात्रामा प्रतिबन्ध नै लगाएको देखिँदैन । यसरी कोरोनाका कारण पहिलोपटक विश्वभरिका प्रायः सबै देशले आ-आफ्नो देशमा आउने यात्रीहरूलाई यात्रा गर्नमा प्रतिबन्ध नै लगाए । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रूपमा ठूलो मार खेप्नु पर्यो ।
त्यस बेला एक प्रकारले विश्वभरि नै ‘मुर्दा-शान्ति’ छाएको अवस्था थियो । त्यो समयमा हामीलाई अब के हुने हो, कसो हुने हो ? भनी केवल निराश बनाएको र चिन्तित तुल्याएको स्थिति थियो । यसरी हेर्दा कोरोना महामारीका कारणले ‘विश्व पर्यटन’ मा कसैले पनि नसोचेको स्तरमा ‘डाउन–फल’ सुरु भयो । भनाइको मतलब के हो भने विश्वका धेरैजसो घुमघाम योग्य पर्यटकीयस्थल पूर्णरूपमा बन्द गरियो । माथि एक भनिएझैँ इतिहास हेर्दा यसअघि पनि विभिन्न खाले ठूलठूला महामारी फैलिएका थिए । तर, त्यसबेला यात्रा र घुमघाममा प्रतिबन्ध लागे, नलागेको बारे जानकारी भएन ।
जे होस्, संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन डब्लुटिओ)’ ले त्यस बेला गरेको एक अध्यययनअनुसार कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि विश्वका अरूको नियन्त्रणमा रहेका टापू देश समेत २१७ साना ठूला देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएका थिए भने शतप्रतिशत पर्यटकीय गन्तव्यहरू बन्द भएका थिए । हुन त यस्तो खालको अति कडा प्रतिबन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ? त्यसैले बिस्तारै विश्वका केही देशले कोरोना महामारी फैलिएको देशको अवस्था हेरेर आफ्नो देशमा आउन चाहने विदेशी पर्यटकका लागि सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरे र पर्यटकीय गतिविधि जारी राख्यो भने कुनै-कुनै देशका नागरिक उनीहरूको देशमा फैलिएको कोरोना महामारीको अवस्था हेरेर तिनलाई निश्चित अवधिसम्म आफ्नो मुलुकमा प्रवेश गर्नै नपाउने गरी प्रतिबन्ध पनि लगाएका थिए ।
हाल नेपालमा पर्यटक आगमन दरमा सुधार हुँदै गएको छ । सन् २०१९ को पहिलो तीन महिनाको तुलना गर्दा सन् २०२३ तीन महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यामा ७८ प्रतिशतले सुधार आएको छ । जसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ ।
जे होस्, सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप-राइज’ सुरु भएको मान्न सकिन्छ । किनभने सन् २०२२ मा विश्वका विभिन्न देशका नौ सय मिलियन अर्थात् ९० करोड मानिसहरू पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप-राइज’ सुरु भएको फलस्वरूप सन् २०२३ मिलियन विभिन्न देशका मानिसहरू विशवका विविभिन्नि देशमा पर्यटक भई निक्ले अनुमान गरिएको छ ।
हाल नेपालमा पनि पर्यटक आगमन दरमा राम्रो सुधार हुँदै गएको छ । जस्तै सन् २०१९ को पहिलो तीन महिनाको तुलना गर्दा सन् २०२३ तीन महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा ७८ प्रतिशतले सुधार आएको छ । जसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । साथसाथै अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने भन्ने सम्बन्धमा र उनीहरूको नेपाल बसाई अवधि अनि विदेशी पर्यटकहरू नेपाल बसाइको क्रममा उनीहरूले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढाउन सकिन्छ ? भन्ने ध्यान दिनुपर्ने देखिन्छ ।
स्मरणीय छ, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरूको नेपाल बसाइ अवधि अनि उनीहरूले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन । जस्तो कि सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति दैनिक ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए भने प्रति दिन बसाई अवधि १२ दशमलव सात दिन रहेको थियो । त्यस्तै गरेर सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा केवल एक लाख ३१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आए ।
सन् २०२२ मा चाहिँ छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे । यसरी हेर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै लगभग साढे दुई तीन वर्षको निराशाजनक अवधिपछि विश्व पर्यटन जगतमा आशा जागेको/जगाएको छ । उक्त निराशजनक अवधिको विश्व पर्यटन जगतले जसरी आशा जगाएको छ, फेरि निराशको वातावरण नबनोस्, भनी कामना गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच