धनगढीबाट पक्राउ परेको अनलाइन ठगी गर्ने गिरोह प्रहरीद्वारा सार्बजनिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । धनगढीबाट पक्राउ परेको अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सो समुहलाई पक्राउ गरेको थियो । अनलाइनबाट अबैध रुपमा आइटी सेक्टर सञ्चालन गरी बिभिन्न प्रलोभन देखाउँदै ठगी गरेको थाहा पाएपछि प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टिमले १ महिनादेखीको अनुसन्धानपछि पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) को टिमले शंकास्पद गतिबिधि भेटेपछि एक महिना अनुसन्धान गरी बुधबार ९ जनाको समुहलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी अनुसन्धान समुहका प्रहरि सहायक निरीक्षक द्घय अनिल विष्ट र दिपेन्द्र किमाडीको नेतृत्वमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ जना भारतिय र ५ जना नेपालीहरु मिलेर कार्यालयनै खोलेर काम गरिरहेका ह्याकरको टिमलाई पक्राउ गरिएको हो ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । अनलाईन ठगी गर्ने गिरोहका मुख्य योजनाकार भारतको दिल्ली बस्ने सुर्य सरदारले कञ्चनपुरका विशाल विक लाई चार महिना देखि धनगढीको जिम्मा दिएका थिए । विकले धनगढीमा कार्यलय संञ्चालन गरी अन्य ८ जना लाई कर्मचारीमा नियुक्त गरेको पाईएको छ । विमा दुर्घटना लगायत प्रलोभवनमा पारी बैदेसिक रोजगारीमा गएका नागरिकहरु बाट ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका १० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका ६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका २ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनाररहेको कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताउनुभयो ।

यस्तै भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार र भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु पक्राउ परेका हुन् । ठगी गर्ने गिरोहका प्रमुखको घरबाट ठुलो रकम समेत बरामद गरिएको छ । यस ठगी धन्दाका मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ । लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुमाथी थप अनुसन्धानका लागी कैलाली जिल्ला अदालतबाट म्याद थप भइसकेको छ । प्रहरीले अनलाइन ठगी धन्दा बढेको भन्दै अनलाइनमा अपरिचित ब्यक्तीबाट आएको कुनै प्रलोभनमा नपर्न आग्रह गरेको छ । धनगढीमा कार्यालयनै सञ्चालन गरेको ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ । यस ठगी धन्दाका मुख्य नाइके कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ को विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?