दक्षिणी छिमेकी भारतले भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनलाई आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न देशका नेताहरूले सम्बोधन गरे । भारतले यसअघि २०७९ पुस २८-२९ मा भर्चुअल ढाँचामै पहिलो पटक ‘भ्वाइस अफ ग्लोबल साउथ’ सम्मेलनको आयोजना गरेको थियो । जसमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । विकासशील देशहरूको आवाजलाई बलियो बनाउन ग्लोबल साउथ जस्ता सम्मेलन सहयोगी सावित हुने कुरामा सदस्यहरू एक मत देखिन्छन् ।
जी-२० को अध्यक्षता गर्दा भारतले ग्लोबल साउथका सरोकारलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्ने काम गरेको थियो । ग्लोबल साउथ सम्मेलनलाई विभिन्न १० वटा सत्रमा विभाजन गरी उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख तथा सरकार तहमा गरियो । ग्लोबल साउथ सम्मेलनको सञ्चालन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । उद्घाटन सत्रमा ‘एक साथ सबैको विकास र सबैको विकास सँगसँगै’ जब कि समापन सत्रमा ग्लोबल साउथ : एक भविष्यका लागि एक साथको नारामा विशेष सम्बोधन गरियो ।
भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न जी-२० बैठकहरूद्वारा प्राप्त मुख्य उपलब्धि बारे ग्लोबल साउथका देशहरू माझ साझा गरियो । विश्वव्यापी विकासका कारण देखापरेका चुनौतीका विषयमा पनि बैठकमा छलफल भयो । अझ बढी समावेशी प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था बनाउन र ग्लोबल साउथका आकांक्षालाई कसरी पूरा गर्ने भन्ने विषयमा पनि सम्मेलनमा गहन छलफल भएको देखियो । ग्लोबल साउथको दोस्रो शिखर सम्मेलनलाई, जुन विभिन्न १० वटा सत्रमा विभाजित गरिएको थियो त्यसमध्ये उद्घाटन सत्रको विषयवस्तु ‘एकसाथ, सबैको विकास लागि, सबैको विश्वाससँगै’ रहृयो ।
ग्लोबल साउथ सम्मेलनमा ल्याटिन अमेरिका र क्यारेबियन देशहरूसहित, अफ्रिका, एशिया र प्यासिफिक आइल्याण्डका करिब १३० देशहरू सहभागी थिए । एक वर्षभित्रमा भारतले दुईवटा ग्लोबल साउथ सम्मेलनको आयोजना गर्नु ठूलो उपलब्धि हो ।
सम्मेलनमा अन्य आठवटा मन्त्रिस्तरीय सत्रहरू पनि रहृयो जसका विषय वस्तुहरूमा इण्डिया एण्ड द ग्लोबल साउथ : इमर्जिंंग टुगेदर फर अ बेटर फ्युचर नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित सत्र, यस सम्मेलनमा आयोजक राष्ट्र भारतले, उसकै अध्यक्षतामा सम्पन्न जी-२० बैठकहरूद्वारा प्राप्त मुख्य उपलब्धिलाई ग्लोबल साउथका सम्मिलित सत्र, मेकिङ हृयुमन रिसोर्सेज फ्युचर रेडी नामक विषयवस्तुमा शिक्षामन्त्री सम्मिलित सत्र, फिनान्सिङ पिपुल-सेन्ट्रिक डभलपमेन्ट नामक विषयवस्तुमा अर्थमन्त्री सम्मिलित सत्र सस्टेनेबल सोलुसन सोल्युसन फर क्लाइमेट रिसिलिएन्स एन्ड क्लाइमेट फिनान्स नामक विषयवस्तुमा वातावरण मन्त्री सम्मिलित सत्र, ग्लोबल साउथ एण्ड वन डेभलपमेन्ट नामक विषयवस्तुमा विदेश मन्त्री सम्मिलित सत्र, एफोर्डेबल एण्ड इन्कलुसिभ इनर्जी ट्रान्जिसन फर सस्टेनेबल डेभलपमेण्ट नामक विषयवस्तुमा ऊर्जा मन्त्री सम्मिलित सत्र, सोल्युसन फ्रम द ग्लोबल साउथ फर वन हेल्थ नामक विषयवस्तुमा स्वास्थमन्त्री सम्मिलित सत्र, ग्लोबल साउथ एन्ड रिसिलिएन्ट सप्लाई चेन्ज नामक विषयवस्तुमा वाणिज्य व्यापार मन्त्री सम्मिलित सत्र र ग्लोबल साउथ : एक भविष्यका लागि एक साथ नामक सत्र रहृयो ।
ग्लोबल साउथ सम्मेलनमा ल्याटिन अमेरिका र क्यारेबियन देशहरू सहित, अफ्रिका, एशिया र प्यासिफिक आइल्याण्डका करिब १३० देशहरू सहभागी थिए । एक वर्षभित्रमा भारतले दुईवटा ग्लोबल साउथ सम्मेलनको आयोजना गर्नु ठूलो उपलब्धि हो । सम्मेलनको समापनको अवसरमा आयोजक राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागी राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख, विषयगत छलफलमा सहभागी मन्त्रीहरू र अधिकारीलाई धन्यवाद दिँदै ग्लोबल साउथको आवश्यकता, चुनौती र महत्वबारे बताउनुभयो । ग्लोबल साउथले वैश्विक मामिलामा ठूलो जिम्मेवारी लिन तयार रहेको, ग्लोबल गभर्नेन्समा आफ्नो प्रतिनिधित्व चाहेको तथा आफ्नो स्वायत्तता चाहेको टिप्पणी गरे ।
मोदीले, जी-२० जस्तो महत्वपूर्ण मन्चमा आफूले ग्लोबल साउथका समस्यालाई प्रभावकारी रूपमा राख्न सकेकोमा आत्मसन्तुष्टि प्रकट गर्दै ग्लोबल साउथको दोस्रो सम्मेलनमा यसका सदस्य राष्ट्रहरूले आफ्ना साझा अपेक्षा र आकांक्षा बारे चर्चा गर्नुलाई ठूलो उपलब्धि बताए । आगामी दिनमा जी-२० सहित विश्वका प्रायः जसो महत्वपूर्ण मञ्चहरूमा ग्लोबल साउथको विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो । विकासशील देशहरूका विकाससम्बन्धी समस्यासित सम्बन्धित विषयमा ग्लोबल साउथ सेन्टर फर एक्सिलेन्स दक्षिण नामक संस्था पनि अस्तित्वमा आएको छ । यस पहलमार्फत ग्लोबल साउथमै समस्याहरूको व्यावहारिक समाधानको प्रयास गरिनेछ ।
त्यसै गरी आरोग्यमैत्री पहलमार्फत भारतले मानवीय सहायताका लागि आवश्यक औषधि र आपूर्तिको उपलब्धता सुनिश्चित गर्नेछ । भारतले द्वन्द्वग्रस्त प्यालेस्टाइनलाई सात टन औषधि र मेडिकल आवश्यकताको सहायता गरेको थियो । नेपालमा गत महिना गएको भूकम्पपीडितको सहायतका लागि पनि भारतले तीन टनभन्दा बढी औषधि सहायतास्वरूप उपलब्ध गराएको कुराको उल्लेख मोदीले आफ्नो सम्बोधनमा गर्नुभयो । भारतले फेरि पनि नेपालमा औषधिसहित स्वास्थ्योपकरणको सहयोग गरेका छ । भारतले डिजिटल हेल्थ सर्भिस डिलिवरीमा आफ्नो क्षमतालाई पनि ग्लोबल साउथका देशहरूसित साझा गर्न चाहन्छ ।
मोदीले ग्लोबल साउथका आफ्ना साझेदार राष्ट्रको क्षमता अभिवृद्धि र अनुसन्धानमा ग्लोबल साउथ साइन्स एण्ड टेक्नोलोजी इनिसिएटिभ मार्फत सहयोग गर्न तयार रहेको प्रस्ताव गरेका छन् । उहाँले ग्लोबल साउथ स्कोलरसिप प्रोग्रामको पनि थालनी गरिएको बताउँदै उच्च शिक्षाका लागि बढी अवसर प्रदान गरिने विश्वास दिलाउनुभयो । जी-२० स्याटेलाइट मिसन फर इनभारमेन्ट एण्ड क्लाइमेट अब्जरभेसनबाट जलवायु र मौसमसम्बन्धी डेटा पनि ग्लोबल साउथका देशहरू माझ साझा गरिने बताउनुभयो । उनले ग्लोबल साउथ योङ् डिप्लोम्याटस फोरमको प्रस्ताव पनि गरेका छन् ।
यसको प्रारम्भिक संस्करणको थालनी पनि चाँडै गरिने घोषणा गर्नुभयो । उनले ग्लोबल साउथका देशहरूबीच आपसी एकजुटता साझा प्रयास र एउटै आवाज बनाई समस्याको समाधान गर्न सकिने विश्वास दिलाउनुभयो । यस क्षेत्रका बुद्धिजीवी र विज्ञहरूको अनुभवको पनि सदुपयोग गर्न थिंक ट्यांकको स्थापना गरिनेछ । ग्लोबल साउथको दोस्रो शिखर सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले ग्लोबल साउथका सदस्य राष्ट्रहरूले एक अर्कासित हातेमालो गरी हाम्रा समस्याको समाधानका लागि एकजुट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । ग्लोबल साउथ : एउटै भविष्यका लागि साथ-साथ विषयवस्तुको सत्रमा सम्बोधन गर्दै उनले आफ्नो मन्तव्य राख्नुभयो । प्रधानमन्त्री दाहालको सारगर्भित सम्बोधन एवं महत्वपूर्ण सुझावको भारतले प्रशंसा गरेको छ ।
ग्लोबल साउथ र ग्लोबल नर्थको रूपमा विश्वको भूगोललाई परिभाषित गरिएको छ । उत्तरी गोलाद्र्धमा विश्वका सम्पन्न र विकसित देशहरू रहेका छन् भने दक्षिणी ध्रुवमा भारत र चीनसहित विश्वका धेरै देशहरू रहेका छन् । दक्षिणी गोलार्धका देशहरूमध्ये अधिकांशले गरिबी, पछौटेपन र अनेकौं समस्याको सामना गरिरहेका छन् । जी-२० को नयाँ दिल्ली सम्मेलनमा भारतमा प्रधानमन्त्री मोदीले ग्लोबल साउथका समस्यालाई प्रभावकारी रूपमा उठाएपछि यो विश्वव्यापी चर्चाको केन्द्रमा आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच