संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न जोड 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins
नवलपरासी । पश्चिम नवलपरासीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता अधिकार कार्यान्वयनमा लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश वक्ताले संविधान र कानुनको सहि तवरले कार्यन्वयन हुनु पर्नेमा जोड दिए ।
पाल्हीनन्दन गाउँपालिकाको आयोजनता तथा सुनवल सामुदायिक बिकास केन्द्रको सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा अन्तक्रिया कार्यक्रम भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकार सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह सरकारसंग माग गरेका छन् । उनीहरुले  अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजमा अझै पनि फरक ढङ्गले हेर्ने र भेदभाव गर्न हुने भएकोले यस्ता क्रियाकलापको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समितीका प्रमुख भगौतीप्रसाद यादव (रुदल)ले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाभिमानपूर्वक जीवनयापनको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र राजनीतिक अधिकारका लागि विशेष ध्यान दिनुपर्ने जोड दिनुभयाे । उहाँले पालिकाहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुको जिवीकोपर्जन उनीहरु जिवन उकास्ने खाल बजेट नियोजन गर्दा प्रथामिकता दिनुपर्नेमा बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताउनु भयाे । उहाँले कतिपय पालिका वा सरकारी संरचना बनाउँदा अपाङ्गता मैत्री संरचान नभएको र अब निर्माण गर्दा अपाङ्गता मैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो  । पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले पालिकाले अपाङ्गता  भएका व्यक्तिहरुको जीवन उकास्ने खाल योजना ल्याई जिविकोपर्जनसंग जोडी व्यवसायिकता जोड्ने बताउनु भयो ।
पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष सकिना फातिमा अन्सारीले पालिका अपाङ्गता भएका व्यक्तिहरुलाई तीन प्रकारको कार्ड बितरण गदै आएको जस सेतो पहिलो रातो कार्ड बितरण गरेको बताउनु भयो  । उहाँले अपाङ्गता व्यक्तिहरुलाई आगामी बजेटमा जिवीकोपर्जनको नीति सीपमुलक तालिम प्रदान गरी व्यावसायिकता मूलक योजना ल्याउने बताउनु भयो ।
 लैङ्गिक समानाता परियोजनाकी कार्यक्रममा संयोजक राधा सापकोटाले  अपाङ्गता भएका व्यक्तिका सामाजमा भेदभाव अन्त्य गर्नुपर्ने बताउँदै सामाजमा समान व्यवहार परिर्वत गर्न जरुरी रहेकोमा जोड दिनु भयो ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।  तथ्यांकअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत  रहेको लैङ्गिक समानाता परियोजनाकी कार्यक्रममा संयोजक सापकोटा अपाङ्गता सम्बन्धी मार्भीक नाटक गरिएको त्यस नाटकमा स्कुलको टिचर गरेको अपहेलित दृश्य र अपाङ्गता भएका व्यक्तिकै अधारमा शिक्षाबाट बन्चित गराउने र लाछन्ना लगाउने खालको नाटकको माध्यमबाट प्रस्तुत गरिएको  थियो ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?