काठमाडौं । फोनपेले फोनपे गर्ने हो नामक नयाँ अभियान घोषणा गरेको छ । फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मूल सन्देशमा आधारित अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधि त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गरेको छ ।
फोनपे क्युआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यकतालाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसमाझ थप उजागर गराउनु अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
पुस १७ सम्म चल्ने अभियानमा सहभागिता जनाउन ग्राहकले फोनपेको क्युआर अथवा फोनपे डिरेक्ट सेवा अभियान समय अवधिभर पाँचपटकसम्म प्रयोग गर्नुपर्ने शर्त लागू गरिएको छ । साथै फोनपे क्युआर वा फोनपे डिरेक्ट दुवै सेवा पाँचपटकसम्म प्रयोग गरेर पनि ग्राहकले अभियानमा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । अभियानमा दुई भाग्यशालीलाई एमआई-साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच