सयौंको सङ्ख्यामा बाहिरबाट नेपाल आउँछन् र हजारौंको सङ्ख्यामा बाहिरिन्छन् नेपाली त्यो नेपालको हवाई अड्डा अन्तर्राष्ट्रिय हो । त्यो हवाई अड्डा विदेशीभूूमिमा मरेर आएका नेपालीहरूको मौन साक्षी हो । जसले कति नेपाली बाकसमा बन्द भएर आए भन्ने नियालिरहेको छ । हेरिरहेको छ देशलाई र देशको सुुन्दर भविष्य युुवालाई पनि त्यो मेरो देशको हवाई अड्डा हो । जीवनका कहालीलाग्दा समय र उर्वरा समयको साक्षी हो त्यो हवाई अड्डा । त्यसैले त्यहाँ मौनता छ । चकमन्नता छ । हाँसो कम र रोदन धेरै छ । चित्कार बढी छ । अतः त्यो मौन सभ्यताको पहिचान पनि हो । यही पहिचान बोकेर बसेको छ त्रिभुुवन अन्तर्राष्ट्रिय हवाई अड्डा ।
नेपालको पहिचानलाई विश्वसामुु चिनाउने उद्देश्यले भैरहवा र पोखरामा समेत अन्तर्राष्ट्रिय हवाई अड्डा बने । ती दुुःखी र सुुखी नेपालीको साक्षी हुन पाएका छैनन् । यी दुुवैमा बाकसमा बन्द नेपाली आएको छैन । अझ भनौं तिनले त्यो सौभाग्य पाएका छैनन् । एउटै त्रिभुुवन हवाई अड्डाले यो सौभाग्यको पगरी गुुथेर बसेको छ । आधा नेपालीका सपना, जपना, कल्पनालाई मीठो तरिकाले सजाएर बसेको छ यो हवाई अड्डा ।
बाध्यता हाम्रो
सामाजिक सञ्जाल र कतिपय टेलिभिजनले रुसी र युुक्रेनको सेनामा भर्ना भएर लडिरहेका केही नेपाली युुवाहरूको अन्तर्वार्ता नभई छोटो संवाद देखाएका थिए । ती संवादमा पीडा थियो । देशप्रति र देशको राजनीतिप्रति प्रतिरोध थियो । देशबाट बाहिरनुुपर्ने अवस्थाको पीडा थियो । त्यो पीडामा थिए आमाबुुबाका सपना, छोराछोरी र श्रीमतीको प्रेम, कलेज बढ्दै गरेको भाइका सपना, भर्खर माध्यमिक शिक्षा आर्जन गर्दै गरेकी बहिनीको चाहना पनि । यसका साथै विदेशी भूमिमा काम, माम र दामका लागि बाहिरिने युुवकका पनि तिनै चाहना हुन्छन् । कति त सफल भएर आउँछन् कति वाकसमा बन्द भएर आउँछन् । कतिपय नेपाली जेलको छिँडीमा हुन्छन् । यही हो हाम्रो बाध्यता । विदेशीभूमिमा जानुुपर्ने आधार पनि । यही आधारमा टिकेको छ हाम्रो विकासशील देशको अर्थतन्त्र कठै !
राजनीति सेवा हो । समाजको पहिचान हो । सेवालाई सेवाका रूपमा हेर्ने भावना राजनीतिकर्मीमा हुनुु आवश्यक मानिन्छ । हजारौं बाहिरिने युवाले हाम्रो बाध्यता हो भन्नुलाई राजनीतिको अग्रगमन वा पश्चगमन के भन्ने हो सोच्नुु आवश्यक छ ।
राजनीति आधार हो होइन यो खोजको विषय होला । हाम्रो देशको राजनीति पनि आधार हुनसक्ला ? तर, त्यसको पहिचान हुनु पनि आवश्यक छ । हवाई अड्डाबाट बाहिरिने युुवा र युद्धग्रस्त क्षेत्रमा सेना बनेको नेपाली युुवाका पीडा पनि एकै किसिमका देखिएका छन् । सपना देख्नुु राम्रो हो । सपनालाई साकार पार्न गरिने प्रयत्न पनि असल नै हो तर सपनासहित भित्रिने पीडा र वेदना आफैंमा असल होइन । यसले नेपाली जनजीवनमा पारेको दिगो असरलाई हामी र हाम्रो देशको राजनीतिले सधार गर्नु आवश्यक मानिन्छ । त्यो बाहिरिने र सेनामा भर्ती हुने युवा गत निर्वाचनमा कुुनै पार्टी वा नेताको प्रचारमा हिँड्यो होला ? उसले पनि अब हाम्रा दिन आए भनेर सम्झायो होला ?
हामी पनि अब गणतान्त्रिक मुलुुकमा छौं सम्झ्यो होला ? स्थानीय, प्रदेश र सङ्घीय त्रिकोणात्मक सरकारमा छौं । हाम्रा पनि दिन सोझिनेछन् भन्यो होला ? आज हवाई अड्डाबाट बाहिरिँदै गर्दा उसले भनेका शब्दले हाम्रो देशको राजनीति गल्दैन होला ? बाहिरिनुु हाम्रो बाध्यता यो वाक्यांशले दिने गहिरो अर्थले कसलाई पिरोल्दैन होला ? तर, खोइ त सुुधार ? हामीसित खोइ त विकासको आधार । युवालाई रोक्ने र स्वदेशमा नै केही गर भन्ने आश्वासन । राजनीतिमा आएर चर्का भाषण गर्दै देश सुुधार्ने बाचा गरेका व्यक्तिसमेत नेपाली जनताको पैसा टेलिभिजनमा लगाएर आफू राजनीतिको रोटी सेक्नुले यो देशको अवस्थालाई अब कसैले पनि सुुधार्न सक्दैन भन्ने कुरालाई प्रमाणित गरिदिएको हो र ! राजनीतिमा परिपक्व बुुद्धि, आफ्नै विवेक र त्यो विवेकले गर्ने सक्षम निर्णय आवश्यक मानिन्छ ।
आलो र काँचो बुुद्धिले कहिले पनि राजनीति हुँदैन । राजनीति सेवा हो । समाजको पहिचान हो । सेवालाई सेवाका रूपमा हेर्ने भावना राजनीतिकर्मीमा हुनुु आवश्यक मानिन्छ । हजारौं बाहिरिने युवाले हाम्रो बाध्यता हो भन्नुलाई राजनीतिको अग्रगमन वा पश्चगमन के भन्ने हो सोच्नुु आवश्यक छ । अध्ययनका लागि बाहिरिने र दाम कमाउने वर्गको अवस्था भिन्न होला ? अध्ययन गर्न जाने युुवाले लाखौं खर्च गरेको छ । तर आँखामा सपना र जल्पना बोकेर बाहिरिने युुवाको पीडामा बाध्यता छ ।
अदूूरदर्शिता
देशको विकास उन्नतिमा दूरदर्शिता आवश्यक मानिन्छ । हाम्रो देशको राजनीति र राजनीति गर्ने व्यक्ति कहिले पनि दूरदर्शी भएनन् । उनीहरूमा गाँसिएको स्वार्थले आफू र आफ्नाको भविष्यमात्र देख्यो । नेपालको प्राकृतिक सुुन्दरता देखेन । नेपालको अथाह जलस्रोत देखेन । नेपालको आर्यभूूमि देखेन । हाम्रा ऋषिमुुनिहरूले दिएको ज्ञानको आधार देखेन । देख्यो सत्ता र सत्ताबाट प्राप्त हुने आनन्द र भ्रष्टाचारमा कमाउने अथाह धनराशी । कसरी बन्छदेश र कसरी सुुध्रिन्छ देशको राजनीति । यही पिरलो हो आजका युुवाको । यही चिन्ता हो अहिलेका बाबा आमाको । यही विवशता हो आजका बालबालिकाको । यही समयस्याको विचमा फसेको छ नेपाल र नेपालको राजनीति पनि ।
चुुनावमा गरिने बाचा र नेताले गर्ने चिप्ला भाषणमा आजका युुवा फस्न खोज्दैनन् । उनीहरू समाजको विकास चाहन्छन् । आफू विदेशी भूूमिमा भए पनि भाइबहिनीलाई नेपालमै राख्न चाहन्छन् । देश बनेको हेर्न चाहन्छन् भत्केको होइन ।
गणतन्त्रपछिको राजनीति सारै फोहरी भयो । गणतन्त्र र तिन सरकारका बीचमा स्पष्ट खाका हुुनुुपर्ने रोजगार, विकास र देशका उन्नतिको तर भएन । २०८० सालमै मिशन ८४ भन्दै हिँड्ने तर केही गर्न नसक्ने व्यक्तिलाई हामीले किन चुुन्ने । भ्रष्टाचार गरेर अकूूत कमाउने व्यक्तिलाई किन छान्ने ? आफू र आफ्नाबाहेक कसैलाई नहेर्ने व्यक्तिप्रति हामी किन लालायित हुने । यी प्रश्न र प्रश्नसँगै आउने उत्तरले नेपालका युुवापुुस्तालाई समस्यामा पारेको छ । देशको काँचुली फेर्ने बाचा गरेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका नायक समेत जनताको पैसामा रजगज गर्नुुले पनि युुवापुुस्तालाई सचेत बनाएको छ । राजनीतिबाट राणलाई समाप्त पार्ने, पञ्चायतलाई तह लगाउने र राजतन्त्र फालेर गणतन्त्र ल्याउने पार्टीबाट देशको काँचुुली फेरिन सक्छ भन्ने अधार अझ पनि नेपाली जनतामा निहीत रहेको देखिन्छ ।
आजको अवस्थामा राजनीतिक दल सच्चिनुु आवश्यक छ । मिशन चौरासीभन्दै हिँड्ने तर देशको विकास र उन्नतिमा माखा नमार्ने व्यक्तिप्रति सचेत हुुनुु आवश्यक छ । यदि सच्चिने प्रयास भएन भने आफू र आफ्नो पार्टी नै सिद्धिन सक्ने अवस्था नआउनला भन्न सकिँदैन । त्यसैले पनि आजको आवश्यकता आश्वासन होइन काम हो । आजको युुवा सपनामा होइन विपना बाँच्न खोज्छ । आजको पु्स्ता जीवनको गोरेटो आफैं कोर्न चाहन्छ । अरूले खनेको बाटोमा हिँड्ने उसको सपना पनि होइन । बाटो आफैं बनाउने र त्यही बाटोबाट आफ्ना सपनालाई साकार पार्ने आजको पुुस्ताको पहिचान पनि हो । यही पहिचान खोजको छ आजको युुवाले ।
चुुनावमा गरिने बाचा र नेताले गर्ने चिप्ला भाषणमा आजका युुवा फस्न खोज्दैनन् । उनीहरू समाजको विकास चाहन्छन् । आफू विदेशी भूूमिमा भए पनि भाइबहिनीलाई नेपालमै राख्न चाहन्छन् । देश बनेको हेर्न चाहन्छन् भत्केको होइन । समाजको विकासमा र समाजको प्रगतिमा युुवा साथ अनिवार्य छ । परिपक्व बुुद्धिले खारिएका हाम्रा पितापूूर्खा र तिनले नेपालका लागि खर्चेको भावनालाई आजको पुुस्ताले संरक्षण गर्न चाहन्छ । नेपाल धार्मिक सहिष्णुुतामा रहेको मुुलुुक हो । यही मुुलुुकको मन्त्री कुनै धर्म विशेषको कार्यक्रममा गएर अरूलाई सिध्यााइदिन्छुु भन्नुले देशको र गणतन्त्रको गरिमाको रक्षा हुन्छ र ? राजनीति गर्ने व्यक्तिको बोलीमा मिठास हुनुु आवश्यक छ ।
नचाहिँदा कुरालाई झिकेर समाजको सामाजिक संरचना खल्बलाउने अधिकार कसैलाई पनि नेपालको संविधानले दिएको छैन । सचेत अवस्थाबाट गरिने राजनीति तथा जनता र देशलाई कर्मभूूमि मानेर गरिने राजनीतिले व्यक्तिमात्र होइन राजनीतिलाई पनि सुुधार्न सक्छ भन्ने कुरालाई प्रामाणका रूपमा लिन सकिन्छ । देश र जनताका नाममा गरिने राजनीति दूूरदर्शी बनोस् । नबनोस् व्यक्ति र आफन्तको । यही बाचा आउने निर्वाचनमा गरियो भने देश र देशको राजनीति अनिवार्य रूपमा सुुध्रिने विश्वास देखिएको छ । विकासका नाममा हुने गरेका भ्रष्टाचार, नियुुक्तिका नाममा हुने आफन्तवादलाई अन्त्य गर्ने हो भने यो देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था अनिवार्य रूपमा सुुध्रिनेछ ।
अबको युुवा अध्ययन, काम, माम, दामका लागि विदेशिनुु नपरोस् भन्ने कामना सबैको छ । अस्वस्थ राजनीतिले कहिले पनि कसैको हित गर्दैन । स्वस्थ र विकासलाई साक्ष्य राख्ने राजनीतिको विकास होस् भन्ने कामना सबै नेपालीको हो । यही अनुुरूप नेपालको राजनीति अघि बढोस् भन्ने कामना आजको पुस्ताको हो । यसमा सचेत रहनुु राजनीति गर्ने व्यक्ति र दलको हो भन्ने आशा सबैले राखेका छन् । आउँदो मिशन चौरासी होइन स्वस्थ र स्वच्छ राजनीतिले बाटो पाओस् भन्ने कामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच