पहिले बच्चाहरुको लामो बिदा हुँदा त्यसको कसरी सदुपयोग गर्ने भन्ने मा गरिन्थ्यो । तर, अहिले उनीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने चुनौति पनि छ ।
अर्कोतर्फ दिनभरि कोठामा थुनिएर बस्नुपर्दा बालबालिकाहरु दिक्क लाग्ने मात्र होइन, मोबाइलको लतमा फस्ने खतरा पनि विज्ञहरु औंल्याउँछन् ।
विद्यालय छुट्टि हुँदा प्रायः बालबालिकाहरु रमाउँछन् । तर, लामो समय विदा हुँदा भने अभिभावकले धेरै पक्षहरुबाट उनीहरुको ध्यान गर्नुपर्ने हुन्छ ।
विश्लेषकहरुका अनुसार बच्चाहरुलाई गाउँ पठाउनु सबैभन्दा राम्रो विकल्प हो । तर, काठमाडौंमा घर भएका वा गाउँ पठाउन सम्भव नभएका अवस्थामा अभिभावकले उनीहरुलाई बढीभन्दा बढी सिर्जनात्मक काममा संलग्न गराउनुपर्छ । त्यसोभए छुट्टीमा के-के गर्ने त ?
१. एक महिनाको बीचमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय सरसफाइ हो ।
२. लामो छुट्टीका बेला बच्चाहरु मोबाइलको लतमा फस्ने सम्भावना अति बढ्छ । अभिभावक पनि बच्चाहरुलाई मोबाइलमा लट्पट्याएर आफ्नो काममा लाग्ने गर्छन् । यो एकदमै बेठीक हो । बच्चाहरुलाई मोबाइलबाट सकेसम्म टाढा राख्नुपर्छ ।
३. बच्चाहरुलाई बढीभन्दा बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्छ । नयाँ–नयाँ रमाइला खेल सिकाउनुपर्छ । दिनभरि वा छुट्टीको रुटिन नै बनाएर उनीहरुलाई विभिन्न क्रियाकलाप गराउनुपर्छ ।
४. बच्चाहरुलाई उनीहरुको उमेरअनुसार पढ्ने सामग्रीहरु उपलब्ध गराएर पढ्न प्रेरित गर्नुपर्छ । कथाका किताबहरु, बालपत्रिका वा उनीहरुले मन पराउने अन्य पाठ्य सामग्री दिन सकिन्छ । यसबाट उनीहरुको पठन व्यवहार सुधार हुन्छ ।
५. बच्चाहरुलाई घरभित्रका सानातिना कामहरु गर्न सिकाउन सकिन्छ । १० वर्षमाथिका बच्चाहरु छन् भने पानी उमाल्न, चिया पकाउन सिकाउँदा राम्रो हुन्छ । साथै, घरका सामानहरु मिलाउने, सफासुग्घर गर्ने कुराहरुमा पनि उनीहरुलाई प्रेरित गर्नुपर्छ ।
६. बच्चाहरुलाई दिनभरि कोठाभित्रै कोचेर राख्नु पनि गलत हुन्छ । त्यसैले सम्भवभएसम्मका स्थानहरुमा घुमाउन लैजानुपर्छ । तर, यसरी बाहिर लैजाँदा मास्क लगाउने तथा अन्य सावधानीहरु अपनाउनुपर्छ किनभने बच्चाहरु विद्यालयको विषेश घेरा भित्र रहेको बानी हुन्छ, बाहिरी बाताबरण र जाडोका कारण चाँडै विरामी हुनसक्छन् ।
७. बच्चाका रुचीहरु फरक हुन्छन् । कसैलाई ड्रोइङमा रुची हुन्छ भने कसैलाई वाध्यवादनमा । उनीहरुको रुचीअनुसार क्षमता विकास गर्न अभिभावकले आवश्यक सामग्रीहरु उपलब्ध गराइदिनुपर्छ ।
८. यदि तपाईंको घर गाउँमा छ र हजुरबा–हजुरआमा बस्नुहुन्छ भन्ने बच्चालाई गाउँ पठाइदिनु सबैभन्दा राम्रो हो । गाउँको वातावरण र माहोलमा बच्चाहरुले धेरै कुरा सिक्न पनि पाउँछन् । हजुरबा–हजुआमा फुर्सदिला हुने भएकाले बच्चाहरुको राम्रो केयर पनि गर्नु हुन्छ । केहीदिन बच्चाको मामाघर पठाउँदा पनि हुन्छ ।
९. यस्तोबेला अभिभावकको भूमिका एकदमै अहम हुन्छ । उनीहरुले छाडा छोडेमा बच्चाहरु बिग्रन सक्छन् । त्यसैले पर्याप्त सचेतना अपनाउनुपर्छ ।
१०. अभिभावकले फुर्सद निकालेर विभिन्न ठाउँमा घुमाउन लैजाने र त्यस ठाउँबारे भरपुर जानकारी गराउने गर्नु पर्दछ र विदाको अन्तिम समयमा बच्चाहरुलाई यो विदामा के–के गरियो, के–के सिकियो भनेर लेख्न लगाउने गर्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच