खेमनाथ दाहाल
यसै सन्दर्भमा नारद बिष्णुको घरमा पुग्दा लक्ष्मी लुकेको । विष्णुले तिमी जस्तो योगीलाई मायाबाट बचाउन लुकेको भन्दा नारद छक्क परेर म मायामा फस्नु ? यो त असम्भव भनेर दम्भ गरेको । नारदको दम्भ तोड्न उनलाई युवतीमा परिणत गरी विष्णुले मायाको मोहमा पारेको कथा सम्झिएँ र एक्लै हास्न थालैँ । हास्तै गर्दा माया नभएको भए कहाँ पतिपत्नी कहाँ आमाछोराछोरी कहाँ समाज ? एकातिर पतिपत्नीको प्रेमील सम्बन्धलाई चङ्गा, धागो र नियन्त्रकका रूपमा स्वयं प्रकृति छ भने अर्कोतर्फ मायाको पासोले प्राणीलाई बेरेको छ यो कहाँ त्यसै भनेको हो र ? सृष्टिको यही सामाजिक तादम्यदालाई अङ्गिकार गर्दै अन्ततः एली र उषाका सम्वादलाई त्यही मायाद्वारा परिचालित एक संश्लेषणको रूप ठान्दै चित्त बुझाएँ ।
जोनले गाडी डकको पार्किङ लटमा रोकेर उत्रिने सङ्केत गर्यो । हामी गाडीबाट उत्रियौ र चारैजना टिकट काट्ने झ्यालमा पुग्यौं । जोनले पर्सबाट केही डलर निकाल्दै गर्दा मैले सय डलरको नोट उतर्फ बढाएँ तर एली आएर मेरो हात पन्छाउँदै जोनले टिकट काट्छ भनी र मेरो हात पन्छाइ । मैले र उषाले आ-आफ्नो टिकट आफैं काटौं भन्यौं तर एलीको ढिपीले हामीलाई गाल्यो । टिकटको दाम पनि सोध्न मन लागेन तर जोनले फिर्ता लिएको डलर गन्दै गर्दा बीस डलर प्रतिव्यक्तिको अन्दाज गरे मैले ।
ओसियन बीचमा प्रवेश गर्दै गर्दा कुनै एक सानु शहरमा पसेको अनुभूत भयो । एकातिर एटलान्टिक महासागर र अर्कोतर्फ ओसिनयनबीचको सफा र सुन्दर बस्ती । यत्रतत्र क्युरियो र समुद्र तटमा बेचिने सामग्रीका पसल र रेष्टुरेन्ट देख्ता कता-कता भक्तपुर, ठमेल र वसन्तपुरका क्युरियो पसलको सम्झना भयो ।
हामी जहाज चड्नका लागि अगाडि बढ्यौ । थोरै अगाडि के गएका थियौं म अल्मलिए । मेरो आशय बुझेर जोनले प्रतीक्षा गरिरहेको तेस्रो जहाजतिर जाने सङ्केत गर्यो म त्यतै बढेँ । जहाज चढेपछि आइल्याण्ड जान यहाँबाट तीन कम्पनीका भिन्ना–भिन्नै सात गन्तव्यमा पुग्ने जहाजहरू आवत-जावत गरिरहन्छन् । हुनत बेसोरबाहेक सेभिल र पेचकबाट पनि फायर आइल्याण्डको पूर्वी कुनातिर पुग्ने जहाज पाइन्छ तर पर्यटकहरू बेसोर पोर्टलाई नै सर्वसुलभ र उत्तम मान्दै यसको नै बढी प्रयोग गर्दछन्, जोनले अथ्र्यायो ।
हामी जहाँज चडेर केही पर पुग्ने वित्तिकै समुद्रले घेरिएको अनुभूत हुनथाल्यो । म मनमनै रोमाञ्चित हुन थालेँ । यसैबेला पर पानीको बिचमा एउटा घरतीको अवशेषझैँ घरतीको घर्सो देखियो । मैले आफूलाई थाम्न सकिन र त्यो अवशेषलाई देखाउँदै जोनलाई ‘त्यो धर्सो जस्तो के ?’ मैले मेरो वाक्य पुरागर्न नपाउदै जोनले त्यही त हो फायर आइल्याण्ड भनेर थप जानकारी दिन थाल्यो । त्यो धर्सोभित्र रहेका किसमेट, साल्टर, फियर हार्वर, एटलान्टिक डनउड ओसियनबीच, सिभ्यू ओसियन वे पार्क यी नै सात स्थानका समूहलाई नै फायर आइल्याउड भनिने रहेछ । मैले नियालेर ती गन्तव्यलाई झाक्ने कोसिस गरेँ । मेरो हेराइमा ऊ मुस्कुरायो । उसको मुस्कानमा मैले मेरो अनभिज्ञताको प्रतिबिम्ब देखेँ ।
मैले दृष्टि परिवर्तन गरेँ र ती स्थानबाट आवत जावत गरिरहेका अरू जहाज र तिनका गतिमा उत्पन्न तरङ्गसँग खेल्न थालेँ । तिनीहरूलाई बाटो देखाउनझैँ सँगसँगै उडेका चराका बथानलाई हेरेँ । दूर दराजमा कता-कता बादलका थेग्ला भए पनि प्रायः स्पष्ट आकाशमा तिनको उडाइ पनि कलाकारले कलामा रङ्ग भरेको प्रतीत भयो मलाई । निभर्य उडेका चराजस्तै आफू पनि समुद्र सदृश निलो आकाशमा गोतामार्न पाए कस्तो हुने थियो होला के यिनीहरूले एटलान्टिकलाई पार गर्न सक्लान् ? सके भने कति दिनमा ? चराका बथानमा पसेर आकाशमा गोतामार्नु प्रायः असम्भव कुरामा पनि म अल्मलिए केही क्षण । आफैसँग हास उठ्यो ।
क्रम भंग भयो । म समुद्रको गहिराइमा सोचमग्न भएँ र जहाज नजिक देखिएका माछालाई हेर्नथालेँ । म रम्दै थिएँ । ‘केमा घोत्लिन लागेको ? जोन र एलीसँग कुरा गर्नु नि उनीहरू हजुरलाई अघिदेखि निहारिरहेछन्’ उषाले आएर खुसुक्क भनिन् । मैले जोन र एलीलाई खोज्दै जहाजका सहयात्रीतिर आँखा दौडाए । समवयका भन्दा कट्टु र भेष्टमा परिवेष्टित बैंसले पात्तिएका युवायुवतीको जमातले जहाज भरिएको देखेर कताकता आफ्नो अतीतको सम्झना हुनथाल्यो । स्कुले सङ्गिनीहरूका बीचमा कृष्ण बन्न खोजेका सन्दर्भको स्मरणमा डुब्दै यी केटाकेटीको चुम्बन आलिङ्नभित्र आफू र आफ्ना साथीको प्रतिबिम्ब खोज्न थालैँ ।
छेवैकी उषातर्फ हेरेँ उनी सायद म एकहोरिएर युवायुवतीको क्रियामा निमग्न भएको देखेर हो कि ? लज्जाएझैँ देखिइन् । सहजताको स्वाङ पार्दै कानमा खुसुक्क यी युवक युवतीमा अतीत खोज्दैछु भनेँ । उनले केही लजाएझैँ के ? फाल्तु कुरा गरेको होला ! यो उमेरमा पनि भन्दा मैले उनमा साधारण सनातनी नारीको झल्को पाएँ । म हासेँ । उनी चुपचाप एलीलाई निहार्न थालिन् सायद हाम्रो खासखुस देखी कि देखिन भनेर हो कि ? हामी दुवै जोन र एलीको समीप पुग्यौँ । जहाज किनारा लागिसकेछ । सबै यात्रु निस्कन थाले । हामी पनि जोन र एलीसँगै निस्कियौँ । घडी हेरेँ जहाजमा जम्मा तीस मिनट व्यतीत भएछ ।
हामीले ओसियनबीचमा प्रवेश गदैँ गर्दा कुनै एक सानु शहरमा पसेको अनुभूत भयो । एकातिर एटलान्टिक महासागर र अर्कोतर्फ ओसिनयन बिचको सफा र सुन्दर बस्ती । यत्रतत्र क्युरियो र समुद्र तटमा बेचिने सामग्रीका पसल र रेस्टुरेन्ट देख्ता कता–कता भक्तपुर, ठमेल र वसन्तपुरका क्युरियो पसलको सम्झना भयो । केहीभित्र गएगछि लाग्यो म समुद्र किनारमा होइन म कुनै पुरानो शहरमा घुमिरहेछु कल्पना गरेँ सायद रोम यस्तै होला । अलिपर स्टारवर्गको कफी स्टल देखियो । जोनले कफी पिउँदै घुम्ने प्रस्ताव गर्यो हामी त्यतै गयौं । जोनले कफीको लागि बिल काट्न तयार भयो । बीचमा नै रोकेर मैले पच्चीस डलर तिरेँ र कुपन कफी काउन्टरमा दिएँ । कफीको लागि पर्खँदै गर्दा मेरा आँखा नजिकैका नक्सा र पुस्तिकामा पर्यो ।
मैले पुस्तिका उठाएँ र अर्को ग्राहकका लागि मार्ग प्रसस्त गरिदिएँ । म एक छेउ लागेर सरसर्ती पुस्तिका हेर्न थालेँ । पुस्तिकका पाना पल्टाउँदै गर्दा ३२ माइल लामु ५२० देखि १३१० फिट चौडा जम्मा ९.६ स्क्वायर माइलको यो क्षेत्रमा ३६८ जनाको स्थायी बसोवास र यिनीहरूको सरदर वार्षिक आम्दानी ९२ हजार ९५० डलर रहेछ । राती बस्नका लागि सुविधायुक्त होटलहरूको दररेट मुख्य भूमिभन्दा करिब दोबर अर्थात् दुई सय पश्चीस डलरमाथि सुविधा अनुसारको देखेर कति महँगो रहेछ यो टापु अनुमान गरेँ र आफ्नो औकातभन्दा माथि ठानेँ । मैले थप जानकारी लिँदालिँदै ९२ हजार ९५० लाई नेपालीमा रूपान्तरण गरेँ र मेरा हिमाललाई यसैगरी डलर फलाउने बनाउन पाएको भएँ ! म भावनामा तरङ्गित हुनथालेँ ।
हामी अलिकपर गयौं र पेन्ट र सुरवालमाथि सारेर केही बेर पानीसँग जिस्कियौं । शान्त लहरलाई जिस्कायौं र आधा शरीर भिजायौं । लहरका तरङ्गका प्रवाहमा किनारा लागेका माछा र अन्य सामुद्रिक प्राणी खान झम्टेका सामुद्रिक चरासँग रमायौं ।
उषा काउन्टरबाट दुवै हातमा कफीकप लिएर आइपुगिन् । उनका आँखामा पुस्तिका पढेको मन नपरेको भाव मैले प्रष्ट देखेँ तर मौखिक प्रतिक्रिया पाइन । कफी लिएर जोनको छेउमा गएँ र अगाडि बढौँ भनेँ । हामी केही मिनटमा बजारबाट निस्किएर महासागर तटको पक्की बाटोमा हिँड्न थाल्याँै । यो बाटो सातै टापु जोड्ने ३२ माइल लामु राजमार्ग रहेछ । एकातिर एटलान्टिक महासागर अर्कोतिर दश बाह्र लाख डलरका घरहरूबीचमा बाटो र बालुवाको सुन्दरता केही बेर रमाउँदै अन्ततः हामी महासागरको किनारामा रमण गर्न थाल्यौँ ।
हामी घुम्ने सन्दर्भमा जोनले यस किनाराका विशेषताहरूको कुरा गर्दै पुरानो प्राकतिक भनेर विशेष जोडदियो । मैले मायामी, डेभना, मरिना, जुहु, आदिका किनाराभन्दा पृथक अनुभूत गरेको कुरा बताएँ । मैले मायामीमा जादाँका आफ्ना अनुभव सुनाउने क्रममा त्यहाँका उत्ताउला सामुद्रिक चराबाट बच्न गाह्रो भएको सुनाएँ । चरामात्र होइन किनाराका सुन्दरीबाट बच्न पनि उत्तिकै गाह्रो छ त्यहाँ भनेर जोन फिस्स हासो । मैले उसलाई हेरेर केवल मुस्कुराएँ ।
एकातिर लगभग नग्न स्त्री-पुरुष र अर्कोतर्फ गहिरो महासागरको अनन्ततालाई नियार्दै हामी लगभग दुई किलोमिटर पर पुगेपछि फर्किने निधो गर्यौं । फर्कँदै गर्दा एक किलोमिटर आएपछि एलीले जोनसँग नुहाउने प्रस्ताव राखी । उषा र मैले ननुहाउने भन्यौं । हामीले ननुहाउने भनेको सुन्नेबित्तिकै एलीले ‘ठीक छ तिमीहरू घुम्दै गर’ भनी र यताउती हेर्नथाली । उसले यतिछिटो ठीक छ भन्नु र चौतर्फी हेर्नुको अर्थ मैले हामीलाई हटाएर ऊ निर्धक्क पेन्टी र ब्रामा नुहाउन चहान्छे भन्ने लगाएँ र आफू उन्मुक्त भएर चारैतिर हेर्न पाउने लालशाले खुसी भएँ ।
हामी अलिकपर गयौँ र पेन्ट र सुरवाल माथि सारेर केही बेर पानीसँग जिस्कियौँ । शान्त लहरलाई जिस्कायौँ र आधा शरीर भिजायौँ । लहरका तरङ्गका प्रवाहमा किनारा लागेका माछा र अन्य सामुद्रिक प्राणी खान झम्टेका सामुद्रिक चरासँग रमायौं । यी निडर अथवा थेत्तरो भइसकेका चराहरू मानिससँग डराउनुभन्दा उनीहरूलाई केही नदिएकोमा कुस्ती खेलौलाझैँ गर्छन् र बेलाबेला उल्टै भयभीत बनाउन कोसिस गर्छन् । यो पूर्वअनुभव भइसकेकाले अहिलेलाई यिनीहरूको यो कृत्यमा डराउनुभन्दा आनन्द लियौं ।
समय घस्किँदै गयो । हामी थाक्तै गयौं । किनारामा निस्केर बस्तै गर्दा उषालाई ‘केही खाउँ होला ?’ भनेँ । बोकेको बिस्कुट र पानी खाँदै चारैतर्फ आँखा डुलाएँ । यत्रतत्र नाङ्गो जमात । यसमा मैले कतै साङ्कृत्यायनका सूर र दिवालाई देखेँ कतै कालिदाशका यक्ष र यक्षणीलाई ।
नजिकै केवल ब्रा र पेन्टीमा पल्टिएर आँखा चिम्लिएकी जाज्वल्य युवतीमा आँखा परे । निमेश नझिम्काइ हेदैँ गर्दा ऊ मेघदूतकी यक्षणीमा परिणत भई । म सोच्न थालेँ, ‘मत्संभोगः कथनुपनयेत् स्वप्नजोऽपीत निन्द्रा, माकाङ्क्षन्तीं नयनसलिलोत्पीडरुद्धावकाशाम्’ कुनै प्रकारका सपनामा भए पनि प्रियकासाथ संभोग होस् यस्तै सोच्दै उनी निदाउने प्रयत्न गर्दै होलिन् तथापि आँखाबाट लगातार झरेका आँसुका कारणले सुत्न पनि पाउँदिनन् होला भनेर कालिदाशको यक्षले यक्षणीलाई लक्षित गर्दै मेघलाई भनेझैँ अहिले कतै यी युवती पनि त्यस्तै रतिरागको सपना खोज्दै कल्पनामा डुबेकी त होइनन् ? संसय गरेँ । फरक त्यहाँ बीचमा आँसु छ यहाँ यिनको र यिनीसँग आउन नसकेका प्रियको बीचमा के व्यवधान होला ? मैले अझै नियालेर हेरैँ उनको अनुहार पीडा र वेदना होइन अनुरागको आनन्दमा उन्मत्त देखियो । मलाई छेवैमा गएर बोलाउँझैँ लाग्यो तर मानवीय चेतनाले दिएन । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच