कालीकोटका चार पालिकामा लगाइयो १८ हजार बढीलाई टाइफाईड रोग विरुद्धको खोप

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटका चारवटा स्थानीय तहमा टाइफाईड रोगविरुद्धको खोप अभियान सम्पन्न भएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म सुरु गरिएको पहिलो चरणको टाइफाईड विरुद्धको खोप अभियान शनिबार सम्पन्न भएको हो ।

कालीकोटका नौवटा स्थानीय तहमध्ये पहिलो चरणमा जिल्लाको तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र पलाँता गाउँपालिकामा खोप लगाइएको हो । चारवटै स्थानीय तहमा जम्मा १८ हजार ७ सय ७ जना नागरिकलाई खोप लगाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

तिलागुफा नगरपालिकामा जम्मा लक्षित संख्या ६ हजार २ सय ९२ मध्ये ५ हजार ५ सय ४४ जनालाई खोप लगाइएको छ । जसमा महिला ३ हजार ३ सय २६ रहेका छन् भने पुरुष २ हजार २ सय १८ जनाले खोप लगाएका छन् । जुन ८८.११ प्रतिशत खोप हो ।

नरहीनाथ गाउँपालिकामा जम्मा लक्षित संख्या ९ हजार ५ सय ९२ मध्ये जम्मा ६ हजार २ सय १ जनालाई खोप लगाइएको छ । खोप लगाउनेमा ३ हजार ७ सय ८० महिला छन् भने २ हजार ४ सय २१ पुरुष छन् यसको प्रगति प्रतिशत हेर्ने हो भने ६४.६५ प्रतिशत खोप लगाइएको देख्न सकिन्छ ।

महाबै र पलाँता गाउँपालिकाको सन्दर्भमा महाबैमा जम्मा लक्षित संख्या २ हजार ६ सय ६ जना मध्ये २ हजार ५ सय ५५ जनालाइ खोप लगाइएको छ । पलाँतामा ४ हजार ५ सय लक्षित संख्या मध्ये ३ हजार ५ सय ७ जनालाई खोप लगाईको छ ।

जम्मा लगाएको खोप संख्यामा महाबै गाउँपालिकामा १ हजार ६ सय ५४ महिला छने भने ९ सय १ पुरुष छन् यसको ९८.०४ प्रगति प्रतिशत हुन आउछ । पलाँतामा जम्मा लगाइएको खोप मध्ये २ हजार ४ सय ११ महिला रहेका छन् भने १ हजार ९६ जना पुरुष रहेका छन् जसको ७७.९३ प्रगति प्रतिशत हो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतका अनुसार पहिलो चरणको खोप १२ देखि १४ गतेसम्म्म लगाइएको हो । खोप लगाउनेमा १८ वर्षदेखी ४५ वर्ष उमेर समुहका नागरिक रहेको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा ब्यवस्थापक डा. संकेत विश्वकर्माका अनुसार अब दोस्रो चरणको खोप बाँकी रहेका पालिका पचालझरना, सान्नी त्रिवेणी, रास्कोट, खाँडाचक्र शुभकालिकामा १६ गतेदेखि १८ गतेसम्म खोप लगाइने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?