काठमाडौं । नेपाल डेरी एसोसिएसन (एनडिए) मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको वार्षिक साभारणसभा शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको पाँचौं वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनबाट डेरी क्षेत्रका अग्रज भुपेन्द्र थापाको सभापतित्व एवं केन्द्रीय उपाध्यक्ष रेशमबहादुर खड्काको उपस्थितिमा भएको थियो ।
केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमाल, केन्द्रीय सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्तलगायत डेरी उद्यागीको उपस्थिति रहेको एनडिएले जनाएको छ । अधिवशनबाट भुपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्य समितिसमेत चयन भएको छ । उपाध्यक्षमा राम कुँबर, सचिवमा देवबहादुर चन्द, कोषाध्यक्षमा विमलादेवी सिंह हुनुहुन्छ भने सदस्यमा गणेशबहादुर विष्ट, डम्मरा दियाकोटी, डम्मर चन्द, अनिता केसीलगायत हुनुहुन्छ । सल्लाहकारमा दलबहादुर बोहरा चयन हुनुभयो ।
मधेस प्रदेशमा पनि सोही दिन सम्पन्न पाँचौं वार्षिक साधारणसभा अध्यक्ष राघो सिंहको सभापतित्व एवं उपमहासचिव विजया चौरासियाको उपस्थितिमा भएको थियो । केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार एसोसिएसनको २३औं केन्द्रीय वार्षिक साधारणसभा माघ ७ गते स्थापना दिवसको दिन काठमाडौंमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच