हलमा नचलेको ‘१२ वी फेल’ कसरी बन्यो ओटीटीमा सुपर हिट ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विक्रान्त मैसीको मुख्य भूमिका रहेको ‘१२ वी फेल’ भारतीय फिल्म यति बेला चर्चामा छ ।

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन ।

यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ ।
आईपीएस अफिसर बन्न मनोज नामको सामान्य परिवारको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो ।

यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै अन्य भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?