
काठमाडौं । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको काठमाडौंमा सम्पन्न पाँचाँै राष्ट्रिय महाधिवेशनले हरि बयलकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघले अधिवेशन र १०औँ वार्षिक साधारणसभासमेत सम्पन्न गरेको हो ।
महासचिवमा शैलेन्द्र केसी, उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मीनबहादुर तामाङ, सुरेन्द्र राम, हिमलाल पौडेल र कृष्ण पौडेल रहेका छन् भने सचिवमा दिवसजीत राई, सिताराम अधिकारी र रेगबहादुर कार्की रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा राजन भट्टराई, सहकोषाध्यक्षमा केशव अछामी रहनुभएको छ । सदस्यमा रमिला केसी, गोवद्र्धन श्रेष्ठ, प्रविन गर्ग, सावित्रा खत्री र दुर्गादत भट्ट रहेको संघले जनाएको छ ।
संघले जुत्ता चप्पल उद्योगमा दक्ष अभावमा अन्य देशबाट कामदार ल्याएर काम गराउनुपर्ने बाध्यता रहेको जनाएको छ । साधारणसभा नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष कुमार कार्की, जुत्ता चप्पल संघका संस्थापक अध्यक्ष नरेश कटुवाल र संघका संस्थापक सदस्य महेश न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच