काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरको तुलनामा पुसमा पाँच हजार चार सय ६३ जनाले घटेको हो । पुसमा ६५ हजार आठ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५९ हजार सात सय २९ पुरूष र छ हजार ८४ महिला रहेका छन् । ३४ हजार चार सय १५ जनाले श्रम स्वीकृतिमात्रै लिएकोमा ३० हजार तीन सय १७ पुरूष र चार हजार ९८ महिला रहेका छन् । मंसिरमा ६४ हजार तीन सय ४२ पुरुष र छ हजार नौ सय ३४ महिला गरी ७१ हजार दुर्ई सय ७६ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार मंसिरको तुलनामा पुसमा पाँच हजार चार सय ६३ जनाले घटेको हो । पुसमा ६५ हजार आठ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५९ हजार सात सय २९ पुरूष र छ हजार ८४ महिला रहेका छन् ।
तर, गत वर्षको पुुसको तुलनामा भने यस वर्षको सोही अवधिमा विदेशिने नेपालीको संख्या भने बढेको छ । आर्थिक वर्ष २०७९/०८० को पुसमा ६५ हजार चार सय ६४ जना विदेशिएकामा ६० हजार चार सय ३१ पुरुष र पाँच हजार २३ जना महिला रहेका छन् । सरकारले पुस १९ गतेदेखि रुस र युक्रेनबीचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो । जसका कारण पुसमा रुसमा दुईजना नेपालीमात्रै गएको विभागको तथ्यांकले देखाएको छ । उनीहरूले प्रतिबन्धअघि श्रम स्वीकृति लिएका थिए । दुईमध्ये एकजनाले व्यक्तिगत श्रम स्वीकृति र एकजनाले पुनः श्रम स्वीकृति लिएका हुन् । प्रतिबन्धअघि मंसिरमा रुसका लागि ४० जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए । ४० जनामध्ये ३५ जनाले श्रम स्वीकृति लिएका थिए भने पाँचजनाले मात्रै पुनः श्रम स्वीकृति लिएका थिए ।
विभागको तथ्यांकअनुसार पछिल्लो समय युएई नेपालीका लागि प्रमुख गन्तव्य बन्दै गएको छ । किनभने पुसमा १६ हजार तीन सय ८५ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्् । जसमा १३ हजार आठ सय ६० पुरुष र दुई हजार पाँच सय २५ महिला छन् । युएईका लागि १० हजार ४६ जनाले श्रम स्वीकृति लिएकोमा छ हजार तीन सय ३९ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । तर, मंसिरको तुलनामा पुसमा युएईमा वैदेशिक रोजगारीमा जानेको संख्यामा दुई हजार एक सय आठजनाले घटेको छ । मंसिरमा युएईका लागि १८ हजार चार सय ९३ ले श्रम स्वीकृति लिएकोमा १५ हजार नौ सय ७८ पुरुष र दुई हजार पाँच सय १५ महिला रहेका थिए । मंसिरमा १० हजार चार सय ९६ ले श्रम स्वीकृति लिएकोमा सात हजार नौ सय ९७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
वैदेशिक रोजगारीका लागि युएईपछि दोस्रो स्थान साउदी अरेबिया रहेको छ । पुसमा साउदीका लागि १४ हजार तीन सय सातजनाले श्रम स्वीकृति लिएका छन् । जसमा १४ हजार दुई सय १५ पुरुष र ९२ जना महिला रहेका छन् । साउदीका लागि आठ हजार छ सय २३ जनाले श्रम स्वीकृति लिएकामा पाँच हजार पाँच सय ९२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
मंसिरको तुलनामा पुसमा श्रम स्वीकृति लिनेको संख्या बढेको छ । मंसिरमा १३ हजार आठ सय ८३ जनाले श्रम स्वीकृति लिएकोमा १३ हजार आठ सय ८७ पुरुष र ९६ जना महिला थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच