आईसिसी यू–१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

तस्वीर क्यान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। आईसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्यूजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको खेलमा न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डी एक्लैले १ सय ४७ रन बनाउँदै अविजित रहे । रेड्डीले चौथो विकेटका लागि कप्तान ओस्कर ज्याक्सनसँग १ सय ५७ रनको साझेदारी गरे । ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले ।

नेपालका बलर सुबास भण्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कँडेल, आकाश त्रिपाटी र तिलक भण्डारीले एक एक विकेट लिए।

विशाल लक्ष्य पाएको नेपालले  केहीबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?