रारामा पुगे ३९२ पाहुना चरा

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । चिसो छल्न रारा आएका पाहुना चराहरुको गणना गरिएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालय मुगुले सोमबार नेपाल कै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरुको गणना गरेको हो ।

गणना कार्यमा निकुन्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानियहरुको सहभागिता रहेको थियो ।

चरा गणना गर्न निकुन्जले ४ वटा समूह बनाएर चराहरुको सधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउहरुमा खटाइ सोमबार विहान ९ बजे देखि ११ बजेसम्म गणना गरिएको रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराउनु भयो ।

चार वटै टोलिले ल्याएका चराहरुको संख्या, प्रजातिहरुलाई छुट्टाउँदा यो मौसममा साइवेरिया, मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) १७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास ९३, हरियो टाउके हास १, सुनजुरे हास ११७ र सिउरी डुबुल्के हास १२ गरि कुल ३९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनु भयो ।

घिमिरेकाअनुसार चिसो छ्ल्न सयौँ चराहरु कयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कयौँ चराको समुहबाट छुटेर, बाटो विराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस, माघ महिनामा रारामा पुगेका पाहुना चराहरु ४/५ महिनाको रारा बसाइ पछि फर्किन्छन ।

चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुन्जमा २७२ प्रजातिका चराहरु पाइने एकिन गरिएको थियो भने यस मध्य ४९ प्रजातीका चराहरु पानी चरा रहेका थिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन् ।

पाहुना चराहरु निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायतका चरा प्रशस्त देख्न सकिन्छ ।
तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चराहरु उक्लिने गरेका छन् । चराहरु राति बास बस्न ताल नजिकका ढुङ्गेओढार, रूखमा आउने गरेका छन् ।

मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठुला-साना चराचुरिङ्गी देखिनुका साथै चिरविर चिरविरको आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानिय नन्दसिङ्ग रोकायाले बताउनु भयो ।

प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउहरुबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पाहुना चरा आए भनेर निकुन्जले चराहरुको गणना गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?