काठमाडौं । उमा श्रेष्ठको स्वरमा रहेको गीत ‘के भुल गरें थिएँ र मैंले’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता गीतको भिडियो सार्वजनिक गरिएको हो । अर्जुन थेबेको शब्द रचना, देवराज आले मगरको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोलाई कमल एक्चै मगरले निर्देशन गर्नुभएको हो ।
गीतको भिडियोमा अभिनेता सिमान्त उदास र गायिका श्रेष्ठ फिचर्ड हुनुहुन्छ । चक्र महर्जनको छायांकन रहेको गीतको भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ । भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गर्नुभएको छ ।
भिडियो सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक कविता शर्मा र कृष्ण थापा मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिराले बाल्यकालको सम्झना गर्नुभयो । गायिका उमा र इन्दिरा बाल्यकालका साथी हुनुहुन्छ । उमाले यो उमेरमा आएर आफू गायिका बनेको निकै खुशी लागको उपसभामुख मगरले बताउनुभयो । भिडियो गायिका उमा श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच