तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, विभागिय टिमको विजयी शुरुवात

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि तेस्रो मुख्यमन्त्री कप, राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो ।

पहिलो दिन तीनै विभागिय टिमले विजयी सुरुवात गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टीमले विजयी सुरुवात गरेका हुन । नेपाली सेनाको त्रिभुवन आर्मीको क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–०सेटले हराउँदै विजय यात्रा सुरुवात गरेका हुन् ।

यस्तै कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेश विचको खेल मौषमका कारण अबरुद्ध भएको छ । तराईमा चलेको हुस्सुका कारण चाडै अध्याँरो भएपछि खेल अबरुद्ध भएको आयोजकले जनाएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई २ लाख र तेस्रो हुने टिमलाई १ लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताउनुभयो ।

भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ । युनिफर्ममा आउने विद्यार्थी, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेस गर्न दिईनेछ । प्रतियोगिताको एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?