
काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले दुई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले पाँच दशकअघिदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आउनुभएका साहित्यकार सरुभक्त (कास्की)लाई ५१ हजार नगदसहित ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, प्रतिष्ठानले २०७९ सालमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तक कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको मुक्तक कृतिलाई अर्पण गरिने ३१ हजार रुपैयाँ राशिको ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाल (चितवन)को मुक्तक संग्रह ‘आरब्ध’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
दुवै पुरस्कार नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशमसेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच