काठमाडौं । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ सय अंकित दरका १४ लाख कित्ताले हुन आउने रकम १४ करोड बराबरका साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले उक्त कार्यका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नो प्लास्टतर्फबाट प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडतर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
लक्ष्मी टेक्नो प्लास्ट २०७२ असोज १८ गते प्राइभेट कम्पनीका रूपमा स्थापित भई कम्पनी ऐन २०६३ बमोजिम पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनी प्लाष्टिकजन्य सामग्री जस्तै सिपिभिसि/पिभिसी पाइप्स तथा फिटिङ्स, प्लास्टिक फर्निचर, प्लास्टिक पानी ट्यांक, औद्योगिक तथा घरायसी प्रयोजनका प्लास्टिकजन्य सामान उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच