
काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १०औँ एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले न्यु जेनिथलाई २६-७ ले पराजित गर्यो । एक्सेल्सियरको जितमा अकिना गुरुङले १२ अंक योगदान गर्नुभयो । रिहाना पाण्डेको सात अंक सहयोगमा काष्ठमण्डपले ज्ञानोदय बालवाटिकालाई २४–३ ले हरायो । सिनियर ब्वाइजमा पुष्प सदनले एक्सेल्सियरलाई ४१-२७ तथा जेनिथले टिआइएलाई ५०-२७ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्प सदनका मनिष गुरुङले १३ तथा जेनिथका प्रज्ज्वल बस्नेतले १८ स्कोर गर्नुभयो ।
ब्वाइज फुटसलको तीनै उमेर समूहको प्रतिस्पर्धामा क्वाटरफाइनल समीकरण पूरा भएको छ । यू-१२ मा किड्स लर्निङले मोर्डन इण्डियन, सेक्रेड हार्टले बृहस्पति विद्या सदन, रेडिअन्ट पब्लिकले रिब्स र द चाँदबागले एलआरआईविरुद्ध खेल्नेछन् ।
यू-१३ मा न्यु एराले बृहस्पति, रेडिअन्ट पब्लिकले निसर्ग वाटिका, काष्ठमण्डपले सेक्रेड हार्ट र चाँदबागले निर्भानाको सामना गर्नेछन् । यू-१६ को क्वाटरफाइनल निसर्ग वाटिका र एक्सेल्सियर ‘रातो’, संस्कृति र न्यु एरा, ग्रिनफिल्ड र चेल्सी वल्र्ड स्कुल तथा काष्ठमण्डप र एक्सेल्सियर ‘पहेंलो’ बीच हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच