
काठमाडौं । प्रसिद्ध हृदय रोग विशेषज्ञ डा. प्रकाश रेग्मीलाई मातृशोक परेको छ । उहाँकी माता विमला रेग्मीको ९० वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय विमला रेग्मी प्रसिद्ध राजनीतिकर्मी, २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीको उम्मेदवारका रूपमा पाल्पाबाट विजयी स्वर्गीय कमलराज रेग्मीकी धर्मपत्नी हुनुहुन्थ्यो । उहाँ स्वयम् पनि आफ्ना पतिको राजनीतिक सहयोगीका रूपमा अत्यन्त संघर्षशील रहेर स्वास्थ्यका क्षेत्रमा योगदान गर्नुभएको थियो ।
रेग्मीका छोरी ज्वाइँ प्राडा. खेम कोइराला बन्धुका अनुसार यही माघ ११ गते आफ्नै निवासमा उहाँको निधन भएको थियो । स्वर्गीय रेग्मीका चार छोरी साहित्यकार अरुणा, प्राध्यापक ज्योति, किरण तथा सन्ध्या हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच