
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो संस्करण यही सोमबारदेखि प्रसारणमा आउने भएको छ । काठमाडौंमा आयोजित प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइएको हो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्यूव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।
कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गर्नुभयो । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रूपमा रहने यस शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी निर्णयकको रूपमा भित्रिनुभएको छ । साथै अन्य तीन निर्णायक पहिलो सिजनकै दोहोरिनेछन् । चलचित्रकी अभिनेत्री कविता सम्बन्धित रियालिटी शोको निर्णयक किन ? भन्ने सामाजिक सञ्जालमा आइरहेका प्रश्नबारे सञ्चारकर्मीले प्रश्न गरेका थिए । सोही विषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए । अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रूपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताउनुभयो ।
निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रूपमा प्रशंसा गर्दै उहाँले पोएट आइडललाई न्याय गर्न सक्ने जिकिर गर्नुभयो । निर्देशन अधिकारीले भन्नुभयो, ‘यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुनुहुन्छ । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।’
शोको कुल एपिसोड फिनालेलाई छाडेर ३० हुने जानइएको छ । सिजन-२ को निर्णयकमा केकीसँगै बिप्लव प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनुभएको छ भने होष्टको रूपमा दिव्यदेव रहनुहुने छ । आयोजकले शोको बिजेतालाई नगद १० लाख रुपैयाँसहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच