काठमाडौं । चलचित्र रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच महाशिवरात्रिको अवसर पारेर यही फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
तीन मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा शहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित छ । ट्रेलरमा ‘डर र शक्तिको खेल’ प्रस्तुत गरिएको छ । तराई क्षेत्रमा घटेका विविध घटना र आयामलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको छ । राजनीतिको असरको समेत झल्को दिइएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ ।
संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको चलचित्रमा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता र जितेन्द्र खतिवडा एवं अनुजजंग थापा कार्यकारी निर्माता हुनुहुन्छ । सुशन प्रजापतिले छायांकन गर्नुभएको चलचित्रका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच