काठमाडौं । एनआइसी एसिया क्यापिटलले सातौँ वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सातवटा सेवामा बम्पर अफर ल्याएको छ । सातवटा प्रमुख सेवामा सातौँ वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर रहेका छन् । अफर वैशाख ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
एनआइसी एसिया क्यापिटलले फागुन २२ गते सञ्चालनमा आएको सात वर्ष पूरा गरेको छ । कम्पनी स्थापनाको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको कम्पनीको दाबी छ । कम्पनी आधुनिक प्रविधि अनुशरण गरी सर्वसुलभरूपमा मर्चेण्ट बैंकिङ सेवा उपलब्ध गराई नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ कम्पनीको भूमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साहजनकरूपमा विस्तार गर्न सफल भएको जनाएको छ ।
कम्पनी सेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको, निक्षेप सदस्य सेवाअन्तर्गत सात लाख २६ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, सामूहिक लगानी कोष सेवाअन्तर्गत एउटा खुलामुखी र पाँच बन्दमुखी योजनामार्फत् ५.६ अर्बभन्दा बढी रकम परिचालन गरिरहेको, पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत छ सय ७५ जनाभन्दा बढी ग्राहकबाट दुर्ई अर्बभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको जनाएको छ ।
कम्पनीले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत समेत छोटो अवधिमै २२ कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको र निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म १६ कम्पनीको प्राथमिक सेयर निष्कासन, दुई बैंकको डिबेन्चर निष्कासन, चार कम्पनीको हकप्रद सेयर निष्कासन र ३० भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोलमार्फत् बिक्री कार्य सम्पन्न गरेको जनाएको छ । साथै आइडिया टु आइपिओ सेवाअन्तर्गत २२ कम्पनीसँग दुर्ई पक्षीय सम्झौता सम्पन्न गरी पाँच प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपिओ निष्कासन कार्यसमेत सम्पन्न गर्न सफल भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच