काठमाडौं । स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला उद्यमशीलता अभियान सुरु गरेको छ । स्प्यारो एसएमएस, एक आधिकारिक एसएमएस सेवा प्रदायकले अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा ‘महिला उद्यमशीलता अभियान’ घोषणा गरेको हो ।
अभियानअन्तर्गत स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुटका साथै व्यक्तिगत परामर्श सेवा विस्तार गरेर महिला उद्यमीलाई प्रोत्साहन गरिने कम्पनीले जनाएको छ । महिला उद्यमीले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएका सेवामा ८० प्रतिशतसम्म छुटको लाभका साथैै एसएमएस मार्केटिङबारे पनि निःशुल्क परामर्श लिन सक्ने बताइएको छ ।
बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गीय उद्यम र उद्यमीका लागि निकै उपयोगी रहेको स्प्यारो एसएमएसले अभियानमार्फत् महिला उद्यमीलाई प्रविधिको सहज, सरल र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले महिला उद्यमीलाई व्यापार थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ । स्प्यारो एसएमएसले सबै महिला उद्यमीलाई विशेष अवसर सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच