
काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्र दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण टिमले ‘रोइरहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपालमा रिलिज भएको पाँच दिनपछि बिहीबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो चलचित्रलाई युएई, कतार र बहराइनमा रिलिज गरेको छ ।
मध्यपूर्वका ठूला चेनहरू भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शन सुरु भएको छ । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो चलचित्र नेपालसँगै प्रदर्शनमा आएको छ ।
चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच