काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० वटा विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीहरूसँगको सहकार्यमा मार्च ५ देखि ७ सम्म जर्मनीको मेसे बर्लिनमा आयोजित आइटिबी बर्लिन २०२४ मा सहभागिता जनाउँदै गन्तव्य नेपालको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गरेको छ । पर्यटन उद्योगसम्बन्धी आयोजना हुने प्रवद्र्धनात्मक कार्यक्रममा आइटिबी बर्लिन विश्वकै सबैभन्दा ठूलो र अग्रणी ट्राभल ट्रेड शोका रूपमा स्थापित कार्यक्रम हो ।
पाटा नेपाल च्याप्टरका अनुसार यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट ५५ सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो । आइटिबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले उद्घाटन कार्यक्रममा भव्य एवं सानदार प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई ओमान भ्रमणका लागि आहृवान गरेको थियो ।
सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियन उद्घाटन गर्दै सबै देशको पर्यटन प्रवद्र्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेकोमा पाटा नेपाल च्याप्टर र नेपालको पर्यटन क्षेत्रका सम्पूर्ण निजी क्षेत्रको प्रशंसा गर्नुभएको थियो ।
प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्याण्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटर, एयरलाइन्स, होटल व्यवसायी, पर्वतारोहण, पदयात्रा र एक्सपिडिसन अपरेटरका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमीले नेपालमा ट्रान्स्फफोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीय उपज र सेवाको प्रवद्र्र्धन गरेका थिए । आइटिबीमा पाटा नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्टले आगामी जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गरिने नेपालकै अग्रणी तथा प्रिमियर अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शोको पाँचौँ संस्करण हिमालयन ट्राभल मार्ट २०२४ को पनि प्रवद्र्धन गरेको थियो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आइटिबी बर्लिन २०२४ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै विश्वको प्रमुख ट्राभल हबमध्येको एक आइटिबी बर्लिनमा नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवद्र्धनमा पाटा नेपालले भूमिका निर्वाह गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
आइटिबी बर्लिनमा निरन्तररूपमा सहभागिता जनाउने वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका सिइओ विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीको उच्च संख्याले पाटा नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि सक्रिय प्रयासको प्रशंसा गर्दै नेपालको पर्यटनमा सहयोग पुग्ने बताउनुभएको छ । बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रूपेश जोशीले यस वर्ष सीमित सरकारी सहयोगका बाबजुद पनि आइटिबी बर्लिन २०२४ मा प्रभावशाली उपस्थितिमा योगदान गरेको भन्दै पाटा नेपाल र निजी क्षेत्रका सहभागीको प्रशंसा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच