काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण युनिटले जनाएको छ । चलचित्रको दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अष्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायत देशका कलाकारहरूको अभिनय रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानडामा हुनेछ ।
अमेरिकामा रहनुभएकाका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रको निर्मातामा ज्ञानबहादुर प्रधान (रोशन) रहनुभएको छ । चलचित्रको पहिलो चरणको छायांकन झापा, इलामसाथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ पश्चिम बंगाललगायतमा गरिएको थियो ।
चलचित्रमा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर)को प्रस्तुति रहेको चलचित्रले विदेशमा रहेका नेपालीको मद्दालाई उठान गर्दैछ ।
चलचित्रमार्फत नेपाली भाषा, साहित्य, कला, यसको इतिहास देखाउन खोजिएको निर्देशक प्रधानले बताउनुभयो । शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच