
-बिजु सुवेदी विजय
ऐना हेर्दा, भिडियोमा आफूलाई हेर्दा आफू जस्तोसुकै भए पनि आफूतिरै ध्यान केन्द्रित हुन्छ । आफू जस्तोसुकै भए पनि आफैंलाई अनि प्यारो र राम्रो लाग्छ । सधैं यसरी नै आफूलाई हेरिरहन मन लाग्छ । यही त हो हामीप्रतिको प्रकृतिको देन । यसरी नै हामीले आफूले आफ्ना लागि राम्रा गर्न प्रत्येक क्षण आफैंलाई नियालिरहनुपर्छ । चाहे जिन्दगीमा जस्तोसुकै उतारचढाव आओस् जिन्दगी बगेको खोलासरी जतिसुकै बगेर जाओस् यो जिन्दगीको प्रतिको दृष्टिको ऊर्जाले नै हामी जिइरहेका हुन्छौं । यसरी नै फूलसरि हामी हाँसिरहनुपर्छ । दुःखमा आत्तिनु हुँदैन । सुखमा मात्तिनु हुँदैन । भूतमा अनि भविष्यमा बाँच्नु हुँदैन । बाँच्ने त बाँच्ने वर्तमानमा बाँच्ने । जसले वर्तमानमा राम्रो गरिरहन्छ उसको भूतको इतिहास र भविष्यको यात्रा धेरै राम्रो हुन्छ । यो नै हाम्रो जिन्दगीको उच्च आदर्श हो ।
हेर्नुस् त फूल त्यो फूल कति राम्रो । हामी पनि त्यसरी नै राम्रो हुँदा जसले पनि गुण गाउँछन्, आफैँलाई आनन्द हुन्छ । फेरि नजिक जानुहोस् त्यहाँ काँडा देख्नुहुन्छ । त्यस्तै छन् हाम्रा वरिपरि पनि । ती सबैले फूललाई समालेसरि, वाछिटा आउन नदिएसरि वरिपरिकाले पनि हामी राम्रा भए हामीलाई रक्षा गर्न कवचको भूमिका खेल्छन् । अनि फेरि नजिक जानुहोस् वास्ना कति मीठो सुवासको आउँछ । यसले त झन् मुग्ध नै पार्छ । हो ! यसरी नै हामीले मुग्ध पार्न सक्नुपर्छ हाम्रो शिक्षाको ज्योतिले । एउटा फूल हुर्कन मलजल पाएसरि जिन्दगीका आवश्यकताहरू पनि हाम्रो राम्रो बन्ने उद्देश्यका साथ परिपूर्ति हुँदै जान्छ । बस् हामी फूलसरि महकिलो हुनु आवश्यक छ बाँकी काम त्यही कर्मले फत्ते गर्नेछ ।
जाडोमा न्यानोको रहर हुन्छ । उष्णतामा शित्तलताको रहर हुन्छ । तीर्खा लाग्दा पानी चाहिन्छ । भोक लाग्दा खाना चाहिन्छ । एकान्तमा साथी चाहिन्छ । हुलमुलमा एकान्तको रहर हुन्छ । यो तृष्णा हो जीवन । जबसम्म जीवन हुन्छ । हाम्रो इन्द्रियले माग गरेसरी हामीले इच्छा उब्जाइरहन्छौं ।
नीलो आकाश, बादलको घुम्टो, सित्तल पवन, धर्तीमाताको छातीरूपी हिमशृंखला, हरियालीको बहार । आहा ! कस्तो राम्रो मौसम । यी सबै उपभोग गर्न पाउनु के स्वर्गीय अनुभव होइन ? अवश्य नै हामीलाई सृष्टि गर्ने सृष्टिकर्ताले हामीलाई यी अपार स्रोतसाधनहरू उपभोग गर्न दिनुभएको छ । यो संसार नै हाम्रा लागि सबैभन्दा ठूलो उपहार हो । योभन्दा बढी हाम्रो अस्तित्व यसका लागि झनै ठूलो उपहार हो । यो नै जीवनको अमूल्य जुहार हो ।
देह त्यो जलाई सबैलाई प्रकाश दिई आज नभए भोलि त यो संसारबाट प्रस्थान गर्नु नै छ । यो सीमितताबाट असीमिततामा प्रवेश गरी अर्को सीमिततामा प्रवेश गर्नु नै अर्को जन्म हुनेछ । संसार चक्र यो अनन्त छ । क्षणभंगुर छ यो जीवन । जुन सत्य हो त्यो कसैले मेटाउन सक्दैन । त्यसैले आफूले गर्ने कर्म छोड्न् हुँदैन । विषय वासनामा अलमलिनु हुँदैन । परिणाममुखी, उत्पादनमूलक कार्यमा डटेर कर्मीय बनिरहनुपर्छ । अजय अमर भनेको पनि त्यही सत्य एउटै त छ । त्यही सत्य नै सबैको न्याय हो । सत्यमा कति टिकिरहन सक्छ त्यति नै न्यायिक अनि धार्मिक होइन्छ । जीवनमा भूल छ भने त्यही असत्य नै भूल हो । जिन्दगीको यात्रा र समयको यात्रा एउटै हो मात्र आवरण फरक भएर भिन्नजस्तो मात्र देखिएको हो ।
सपना देख्नु त्यो भूल होइन । भगवानको सपना नै हो यो सृष्टि पनि । सपनालाई विपना बनाउँदा सपनाको भूल नदोहोर्याई राम्रो विपना जसरी बनाउन हामी लागि पर्छाै त्यसरी नै संसार चक्र प्रलयपछि अझ सुन्दर बनाउने कार्य भगवानले गरेका हुन्छन् । यसरी यो सपना र विपनापछि अर्को विपनातर्फको यात्रामा जान्छौं हामी भूतलाई सपना बनाई । यही समय यन्त्र हो, यही समय यात्राको अनन्त यात्रामा छौं हामी । यस यात्रामा जति हामी राम्रा कार्यहरू गर्दै जान्छौं उति नै रमणीय ठाउँमा पुग्छौं भने खराब कार्यमा लाग्दा जोल्टिनपूर्ण सकसमय यात्रामा पुग्छौं ।
जिन्दगी पनि ऋतु परिवर्तनसरि परिवर्तनशील छ । कहिल्यै खुशी, कहिल्यै दुःखी, कहिल्यै सादा, कहिल्यै मिश्रित, यो इन्दे्रणीसरी जीवनका रंगहरूको आआफ्नै विशेषता छन् । बालापनमा खेल्न पाए, हाँस्न कुद्न पाए अरू केही चाहिन्न । फक्रेपछि सुन्दरताको उन्माद चढ्छ, आफूलाई अझ सुन्दर बनाउन मन लाग्छ । त्यसपछि फेरि सुन्दरता शरीर होइन भन्ने बोध हुन्छ । त्यसपछि फेरि अर्को संसारका लागि गर्ने कर्तव्यवोध हुन्छ । यसरी जीवनका अनेकौं रंगहरूले आफूलाई रंगाइरहेका हुन्छौं हामी ।
जाडोमा न्यानोको रहर हुन्छ । उष्णतामा शित्तलताको रहर हुन्छ । तीर्खा लाग्दा पानी चाहिन्छ । भोक लाग्दा खाना चाहिन्छ । एकान्तमा साथी चाहिन्छ । हुलमुलमा एकान्तको रहर हुन्छ । यो तृष्णा हो जीवन । जबसम्म जीवन हुन्छ । हाम्रो इन्द्रियले माग गरेसरी हामीले इच्छा उब्जाइरहन्छौं । मन र मष्तिष्कको यो इच्छा र आकांक्षा, विवेक र बुद्धिले भ्याएजति परिपूर्ति गर्न खोजिरहन्छौं । इच्छा मारे पीर लाग्छ । इच्छा पूरा भए खुशी लाग्छ । यसरी नै जीवनयात्रा डोर्याइरहन्छौं हामी । जब शून्य हुन्छ, त्यहाँ पनि फेरि त्यसरी नै रिक्त स्थानमा इच्छा आकांक्षा जन्मिएसरि भगवानको सृष्टि चलायमान भइरहन्छ ।
जीवन यात्रामा उकालीओराली आइरहन्छन् । आफूले जस्तो कर्म गर्छौ त्यहीँ ईश्वरले पुर्याइदिन्छन् । हेर्दा उस्तै देखिए पनि कहिल्यै साँझ आउँछ त कहिल्यै बिहान । एउटा गोलार्धबाट हेरेको साँझ अर्को गोलार्धका लागि बिहानी हुन्छ । एउटा तराजुको वल्लोमा जति नाप्यो पल्लोमा त्यति नै नाप राखेमा मात्रै तुला बराबर हुन्छ ।
जीवन यात्रामा उकालीओराली आइरहन्छन् । आफूले जस्तो कर्म गर्छौ त्यहीँ ईश्वरले पुर्याइदिन्छन् । हेर्दा उस्तै देखिए पनि कहिल्यै साँझ आउँछ त कहिल्यै बिहान । एउटा गोलार्धबाट हेरेको साँझ अर्को गोलार्धका लागि बिहानी हुन्छ । एउटा तराजुको वल्लोमा जति नाप्यो पल्लोमा त्यति नै नाप राखेमा मात्रै तुला बराबर हुन्छ । ऐनाको प्रतिबिम्बमा उल्टो देखिएसरि संसारमा जति पनि क्रियाकलाप हुन्छ त्यसको ब्यालेन्स गर्न उल्टो संसार पनि क्रियाशील हुन्छ । यो हिसाबको सूत्रसरी त्यसलाई वैज्ञानिकले इकोसिस्टम भनुन् या अध्यात्मले कर्म अनुसारको फल भनुन् ।
जीवन नौकाको यात्रामा अनेकौं तरंग कम्पासले दिसा देखाएसरि आइरहन्छन् । सकारात्मक तरंगलाई यदि बुझ्ने सामथ्र्य राख्यौं भने त्यसले हामीलाई सत्गतितिर डोर्याउँछ । यदि नकारात्मक तरंग बुझ्न सकेनौं भने यसले हानी पुर्याउँछ । सबैले यी दुई कुरा कसौटीमा सुन जाँचेसरी आफ्नो बुद्धि, विवेक, विचारशक्तिले छुट्याएर पहिल्याउनु आवश्यक छ । जिन्दगी त खोला हो बगिरहन्छ । त्यसमा अवसररूपी सकारात्मक पक्षलाई पछ्याएर पाउन सक्नुपर्छ । अनि सफलता तपाईंको दैलोमै आइदिन्छ ।

समय खोलासरी बगिरहन्छ । जतातिर बहाउ हुन्छ खोलाले बग्ने बाटो त्यहीँ हुन्छ । समय पनि निरन्तर अनेकौं घुम्ती मोडहरू पार गरेर कहिल्यै विद्रोह, कहिल्यै प्रतिक्रान्ति त कहिल्यै परिवर्तनमुखी क्रान्तिका साथ अघि बढ्दछ । समयले पछ्याउँदै तिर्सना मेट्न खोज्छ, उद्धार गर्छ प्यासीलाई पानी दिएसरि । समय जिन्दगी एउटै बहाउमा समानान्तर बहिरहेको हुन्छ । बक्र जीवनले जब सोझो किसिमले जब लय समाउँछ जीवन सुन्दर अनि माधुर्य भएर यसले उचित प्रतिफल दिन्छ ।
अनेकौं घुम्ती, मोड, जोल्टिन आँधी हुरी असिना पसिना छिचोल्दै अघि बढ्दा पनि खुट्टा तान्न छोड्दैनन् कोही पनि । आरिस गर्ने धेरै छन् । यही यात्रामा जो साथ दिन्छन् उसैसँग हो यी उकाली ओरालीहरू साट्ने अनि नोस्टाल्जिक भई सुखी हुने हो । हाँसो र आँसुका छालहरूसँग पौंठेजोरी खेल्दै यी आत्मीयसँगै पोख्ने हो सम्झना बिर्सनाहरू, जब तीता क्षणहरू पोख्छौं तब मीठा भई आउँछन् । जब थोरै स्वादका कुरा हामी ग्रहण गर्छौं त्यसले पनि बिस्तारै सुस्तरी मिठ्याउँदै आउँछ । अन्धकार पोखेपछि उज्यालोले स्पर्श गरेसरी यो लीलामय संसाररूपी अनन्त चक्रमा हामी निरन्तर यात्रामा छौं । निर्धाका लागि हामीले बाँच्नुको सार्थकता हुन्छ । यही यात्रा त हो जिन्दगी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच