काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीत स्वरबद्ध ‘हे मातृभूमि...’(गजल लालित्य भाग २) श्रव्यदृश्य सार्वजिनक गरिएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा लेखनाथ साहित्य भवन सोह्रखुट्टे, काठमाडौंमा समालोचक प्रा.डा.कृष्णहरि बराल र समालोचक प्रा.रमा शर्माले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका उक्त श्रव्यदृश्यको निर्देशन हेमप्रभास अधिकारी र सम्पादन वीरेन्द्र भाट ‘विपीन’ले गर्नुभएको छ ।
प्रा.डा.बरालले आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको कविशिरोमणि लेखनाथ पौड्यालको गजल सन्तोष श्रेष्ठले संगीत र स्वर दिएकोमा खुशी लागेको बताउनुभयो । नेपाली शिक्षा परिषद्की अध्यक्षसमेत रहनुभएकी समालोचक प्रा.रमा शर्माले सन्तोष श्रेष्ठले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेको कर्म सराहनीय भएको जिकिर गर्नुभयो ।
संगीतकार, गायक श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा, सम्मान गर्न अनुज स्रष्टाको कर्तव्य भन्दै आफूले अग्रज स्रष्टालाई नै तीर्थ धाम र उहाँहरूका सिर्जनालाई प्रसाद ठानेको, कुनै लाभको अपेक्षाले नभएर सम्मान र श्रद्धाले यी काम गरेको दाबी गर्नुभयो । श्रेष्ठले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्...’को पनि श्रव्य–दृश्य सार्वजनिक गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच