काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी- २० शृङ्खलाअन्तर्गत आयरल्याण्ड ‘ए’विरुद्धको आजको खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै १९८ रन बनायो ।
नेपालका गुल्सन झाले ३२ बलमा ४६ बनाएर आउट भए ।
कुशल मल्लले १३ बलमा ३४ रन जोडे भने कप्तान रोहित पौडेलले २४ बलमा ३३ बनाए । कुशल मल्लले १५ ओभरको सुरुवाति ३ बलमा तीन छक्का प्रहार गरेका थिए ।
ओपनर कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्का हान्दै २५ रन जोडे।
सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । उनले ३ चौका र एक छक्का हिर्काए । अन्तिम बलमा उनी आउट भए ।
गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।
नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।
आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड 'ए' लाई छ विकेटले पराजित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच