जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न तयार छौँ : गृहमन्त्री लामिछाने

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न आफुहरु तयार रहेको बताउनुभएको छ ।

इलाम २ को उपनिर्वाचनको सन्दर्भमा इलाम आइपुग्नुभएका गृहमन्त्री लामिछानेले शनिबार जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं स्थानीय समाजसेवीहरु सँगको अन्तरकृया कार्यक्रममा काम गरेर नतिजा देखाउने समय अहिले नै रहेको बताउनुभएको हो ।

समग्र इलाम जिल्लाको समस्याबारे जानकारी लिँदै लामिछानेले अहिले कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँले नतिजा आफु एक्लैले मात्र सम्भव नरहेकाले त्यस्का लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । इलामेलीले राखेको समस्याको बारेमा बोल्दै उहाँले इलामले भोग्नुपरेको सिमाका समस्या,भन्सार, सडकलगायतको बिषयमा समस्याको हल गर्न आफु प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जबाफदेहिताको प्रवर्द्धनमा सदैव ध्यान दिने पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?