काठमाडौं । रामगीता वाङ्मय मन्दिर नेपाल-अमेरिकाले हरेक जोर नेपाली वर्षमा प्रदान गर्ने ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार-२०८०’ साहित्यकार राजेन्द्र विमलको कथाकृति ‘सरबरिया टोल’लाई दिने निर्णय गरेको छ । निर्णायक समितिले कथाकार विमलको उक्त कृतिलाई नौमध्ये उत्कृष्ट ठहर गरेकाले पुरस्कृत गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ ।
उत्कृष्ट नौमा योबाहेक विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ थिए । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, ‘अशेष मल्ल-सावित्री रंगकर्म पुरस्कार’ अग्रज रंगकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारका साथ ५० हजार रुपैयाँ प्रदान गरिने सो संस्थाका अध्यक्ष गीता खत्रीले जानकारी दिनुभएको छ । दुबै पुरस्कारहरू एक विशेष समारोहबीच छिटै प्रदान गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच